कुशलले यसरी बनाए विश्व कीर्तिमान

२०७८ बैशाख ८ बुधबार ११:११:०० मा प्रकाशित

काठमाडौं । नेपालका युवा खेलाडी कुशल भुर्तेलले टि ट्वान्टी अन्तर्राष्ट्रिमा विश्व कीर्तिमान बनाएर खेलप्रेमी नेपालीलाई खुशी दिएका छन् । कुशलले डेब्यु टि ट्वान्टी अन्तर्राष्ट्रियमा लगातार तीन अर्धशतकको विश्व कीर्तिमान बनाएका हुन् । उनले नेदल्यान्डस विरुद्धको खेल मार्फत टि ट्वान्टी अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए । सो खेलमा उनले ६२ रन बनाएका थिए ।

दोस्रो खेलमा मलेसियासँग ६१ रनमा अविजीत रहे । तेस्रो खेलमा मंगलबार उनले ६२ रन बनाउँदै यो दुर्लभ कीर्तिमान आफ्नो नाममा लेखाएका हुन् । यसअघि यो कीर्तिमान इङल्यान्डका डेविड मालानको नाममा थियो । उनले सन २०१७ मा दक्षिण अफ्रिका विरुद्ध टि ट्वान्टी अन्तराष्ट्रियमा डेब्यु गर्दै लगातार दुइ अर्धशतक बनाएका थिए । उनले दक्षिण अफ्रिका विरुद्ध ७८ र अस्ट्रेलिया विरुद्ध ५० रन जोडेका थिए । 

लगातार अर्धशतकको कीर्तिमान भने वेस्ट इन्डिजका क्रिस गेल र न्युजील्यान्डका ब्रेन्डन म्याकुलमको नाममा छ । दुवैले लगातार चार अर्धशतक बनाएका छन । 

ताजा खबर