नग्मा आज ‘मिस युनिभर्स’ मा भिड्दै   

२०७४ मङ्सिर १० आइतबार १३:१९:०० मा प्रकाशित

काठमाडौं, १० मंसीर । आइतबार राति अमेरिकाको लस भेगासस्थित एक्सिस थिएटरमा आयोजना हुने ‘मिस यूनिभर्स’ को फाइनलमा पहिलो मिसन नेपाल युनिभर्स नग्मा श्रेष्ठ  सहभागी हुँदैछिन्। ‘मिस यूनिभर्स’ मा पहिलो पल्ट नेपालले भाग लिन लागेको हो । यसपटकको मिस यूनिभर्समा नेपाल सहित ९२ देशका सुन्दरी सहभागी छन्।

यसअघि नग्माले तीन वटा अन्तर्राष्ट्रिय सुन्दरी प्रतियोगितामा भाग लिइसकेकी छिन्। उनले २०१२ मा ‘मिस अर्थ’, २०१६ मा ‘मिस वर्ल्ड यूनिभर्सिटी’ र ‘मिस इको युनिभर्स’ मा भाग लिएकी थिइन्।

२६ वर्षीया नग्मा ‘मिस यूनिभर्स’ मा भाग लिनको लागि दुई साताअघि नै अमेरिका पुगेकी थिइन्। उनले सामाजिक सञ्जाल मार्फत  भोटका लागि सबै नेपालीसँग आग्रह समेत गरेकी छिन्।

‘मिस यूनिभर्स’ मा निर्णायकले छानेका १५ जना र एक जना भोटिङबाट गरी टप–१६ राउन्डमा प्रवेश गर्ने नियम छ। 

 

ताजा खबर