मदनकृष्ण परिवारका पाँचैजनालाई कोरोना पोजिटीभ

२०७८ बैशाख ६ सोमबार १७:३२:०० मा प्रकाशित

काठमाडौं । हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठसहित परिवारका पाँच सदस्यलाई कोरोना संक्रमण भएको छ । श्रेष्ठले आफू लगायत छोरा, छोरी, बुहारी र नातिनी पाँचै जनालाई कोरोना भाईरस पोजिटीभ देखिएको बताएका छन् ।

'कोरोना संक्रमण भईसकेपछि सास्ती चाही हुने रहेछ तेसैले यो भाईरसलाई खेलाँची नगर्नु  होला ! जति सकिन्छ कोरोनाबाट सतर्क रहनु होला ' उनले बताएका छन् ।

उनले आफ्नो जन्मदिवसमा शुभकामना व्यक्त गर्ने सबैलाई धेरै धेरै धन्यबाद दिएका छन् । (तस्बिर रविन सायमीको फेसबुकबाट)

ताजा खबर