विद्यालय र विभिन्न क्षेत्र बन्द, दर्शक विहीन खेल खेलाइने

२०७८ बैशाख ६ सोमबार ११:३६:०० मा प्रकाशित

 काठमाडौं । लकडाउन घोषणा नगरे पनि सरकारले अब कोभिड १९ नियन्त्रणका लागि अत्यन्तै कडा कदम चाल्ने भएको छ ।
 
महामारी नियन्त्रणका लागि सरकारले विभिन्न क्षेत्रका लागि विशेष निर्देशन जारी गर्ने निर्णय गरेको छ । समाजका यावत क्षेत्रलाई सुरक्षित राख्न सरकारले विभिन्न आदेश आजै जारी गर्न लागेको हो ।

विद्यालय सञ्चालकहरुको दवाबका कारण हच्किएको सरकारले अन्तत सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले सो निर्णय गरेको हो । कहाँकहाँका र कुन क्षेत्रका विद्यालय बन्द गर्ने भन्ने सूचना शिक्षा मन्त्रालयले जारी गर्ने भएको छ । 

शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले विद्यालय बन्द गर्ने र भर्चुअल पढाई सम्बन्धमा विशेष सूचना जारी गरिने बताए।

मन्त्री श्रेष्ठका अनुसार रंगशाला, रात्रीकालीन व्यवसाय, सिनेमा घर लगायत बन्द गरिने छ । विभिन्न खेल प्रतियोगिताका बाँकी रहेका खेलहरु अब दर्शकविहीन खेलाइने पनि उनले जानकारी दिए।

ताजा खबर