दिल्ली क्यापिटल्ससँग पंजाव किंसले सकेन

२०७८ बैशाख ६ सोमबार ११:१९:०० मा प्रकाशित

चेन्नाई । इन्डियन प्रिमियर लिग आइपिएलमा दिल्ली क्यापिटल्सले पंजाव किंस माथि ६ विकेटको जीत हात पारेको  छ । दिल्लीको जीतमा शिखर  धवनले उत्कृष्ट प्रदर्शन गरे ।

मुम्बइस्थित वाङखडे स्टेडियममा टस हारेर ब्याटिङ गरेकाृ पंजावले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९५ रन बनाएको थियो । केएल राहुल र मयंक अग्रवालले पहिलो विकेटका लागि १ सय २२ रनको साझेदारी गरेपछि पंजावको ठुलो योगफल बनाएको थियो । मयंक ६९ र राहुल ६१ रनमा आउट भए । दिपक हुड्डा २२ र साहरुख खान १५ रनमा अविजीत रहे । क्रिस गेलले ११ रन जोडे । क्रिस वक्स, लुकमन मारिवाला , कागिसो रावडा  र आभेस खानले १–१ विकेट लिए ।

जवाफमा दिल्लीले एक सय ९६ रनको लक्ष्य सहजै पुरा गर्यो । शिखर धवनले ९२ रनको शानदार पारी खेलेपछि दिल्लीले दश वल अगावै मात्र चार विकेटको क्षतीमा लक्ष्य पुरा गर्यो । धवनले ४९ वल खेल्दै १३ चौका र २ छक्का प्रहार गरे । पृथ्बी शं ले ३२ , रिसव पन्तले १५ र मार्कस स्टोनिसले अविजीत २७ रन बनाएका थिए । जाय रिचर्डसनले २ विकेट लिए ।

 पंजावका मोहम्मद शामी सवैभन्दा महंगा वलर सावित भए । उनले विना विकेट ४ ओभरमा ५३ रन खर्चिए । रिले मेरेडिथले दुइ दशमरब दुइ ओभरमा ३५ रन दिएर १ विकेट लिए । पंजावको तीन खेलमा यो दोस्रो हार हो । दिल्लीले तीन खेल खेल्दा दुइमा जीत हात पारेको छ । 

ताजा खबर