आईपिएल: रोयल च्यालेन्जर्स बैङलोरको लगातार तेस्रो जीत 

२०७८ बैशाख ६ सोमबार ११:१४:०० मा प्रकाशित

चेन्नाई । रोयल च्यालेन्जर्स बैङलोर लगातार तेस्रो जीत हात पार्दै इन्डियन प्रिमियर लिग आइपिएलको शीर्ष स्थानमा उक्लिएको छ । बैङलोरले आफ्नो अपराजित यात्रा कायमै राख्ने क्रममा कोलकत्ता नाइट राइडर्सलाइ ३८ रनले पराजित ग¥यो ।

चेन्नाइमा टस जितेर ब्याटिङ गरेको बैङलोरले २० ओभरमा चार विकेट गुमाएर २ सय ४ रन बनाएको थियो । खराब सुरुवात गरेको बैङलोरले ९ रन हुदा दुइ विकेट गुमाएको थियो । कप्तान विराट कोहली ५ र रजत पटिदार १ रनमा आउट भएका थिए । तर ग्लेन म्याक्सवेल र एबिडी भिल्लियर्सले उत्कृष्ट ब्याटिङ गरेपछि बैङलोरले विशाल योगफल खडा गर्यो । म्याक्सवेलले ४९ वलमा ७८ र भिल्लियर्सले ३४ वलमा अविजीत ७६ रनको योगदान गरे । देवदुत्त पाडिकलले २५ रन बनाए । बरुण चक्रवर्तीले २,प्याट कमिन्स र प्रसिद्ध कृष्णले १–१ विकेट लिए । जवाफमा कोलकत्ताले पुरै ओभरमा ८ विकेटको नोक्सानीमा १ सय ६६ रन मात्र बनाउन सक्यो । 

कुनैपनि ब्याट्सम्यान बीच उल्लेख्य साझेदारी हुन नसक्दा कोलकत्ताले लप्क्ष्य भेटाउन सकेन् । उसका लागि आन्द्रे रसेलले सर्वाधिक ३१ रन बनाएका थिए । इयोन मोर्गनले २९, सकिव अल हसनले २६, राहुल त्रिपाठीले २५, शुभम गिलले २१ र नितिश रानाले १८ रन जोडे । काइल जेमिसनले ३, युजबेन्द्र चाहल र हर्सल पटेलले २–२ तथा वासिङटन सुन्दरले १ विकेट  लिए । तीनमा तीन जीत हात पारेको बैङलोर ६ अंक सहित तालिकाको शीर्ष स्थानमा छ । 

कोलकत्ताको तीन खेलमा यो दोस्रो हार हो । 

ताजा खबर