यस्तो थियो बार्सीलोनाको ३१ औं कीर्तिमानी जित

२०७८ बैशाख ५ आइतबार ०९:२८:०० मा प्रकाशित

काठमाडौं । बार्सीलोनाले कीर्तिमानी ३१ औं पटक कोपा डेल रे को उपाधी जितेको छ । गएराती भएको फाइनलमा बार्साले एट्लेटिको बिल्बाओलाइ चार शून्य गोलले पराजित गर्दै सिजनको पहिलो उपाधी जितेको हो ।

बार्साले १३ मिनेटको अन्तरमा चार गोल गरेको हो । ६० मिनेटसम्म निराश बनेको बार्साका लागि एन्टोइन ग्रिजमनले डेड लक तोडे । ग्रिजमनले फ्राङकी डि जोङको क्रसको सदुपयोग गरेका थिए । त्यसको तीन मिनेट पछि डि जोङ आफ्रले हेडर गोल गर्दै अग्रता दोब्बर बनाए । ६८ औं मिनेटमा लियोनल मेसीले टिमका लागि तेस्रो गोल थपे । ७२ औं मिनेटमा मेसीलेनै ब्यक्तिगत दोस्रो गोल गरेपछि बार्साले सन २०१९ पछि पहिलो पटक उपाधी हात पार्यो ।

रोनाल्ड कोमनको बार्साको प्रशिक्षकका रुपमा यो पहिलो उपाधी हो । यो सिजन पनि बार्सा छोड्ने बताएका  मेसीको यो सातौ कोपा डेल रे उपाधी हो । बिल्बाओको भने यो दुइ सातामा दोस्रो कोपा डेल रे फाइनलमा बेहोरेको हार हो । यसअघि तीन अप्रिलमा गत सिजको कोपा डेल रे फाइनलमा बिल्बाओ रियाल सोसिडाडसँग पराजित भएको थियो ।

ताजा खबर