टि ट्वान्टी: यसरी कीर्तिमान बनाएका थिए कुशल र आशिफले               

२०७८ बैशाख ५ आइतबार ०८:४२:०० मा प्रकाशित

काठमाडौं । नेपालका युवा खेलाडी आशिफ र कुशलले टि ट्वान्टी अन्तर्राष्ट्रियमा डेब्यु गर्दै विश्व कीर्तिमान बनाएका छन् । शनिबार नेदरल्यान्डस विरुद्धको खेलमा कुशल भुर्तेल,आशिफ शेख र साहव आलमले डेब्यु गरेका हुन् । डेब्यु खेलमै कुशल र आशिफले उत्कृष्ट प्रदर्शन गरे । कुशल र आशिफले नेपालका लागि ओपनिङ गरेका थिए । शानदार ब्याटिङ गर्दै उनीहरुले १ सय १६ रनको साझेदारी गरेका थिए । यो विश्व कीर्तिमान हो । आशिफ र कुशल डेब्यु खेलमा सर्वाधिक रनको साझेदारी गर्ने खेलाडी बनेका छन ।

यसअघि यो कीर्तिमान मोजाम्बिकका डामिओ कुवानो र कोस्साको नाममा थियो । उनीहरुले सन २०१९, ६ नोभेम्बरमा मालवि विरुद्ध डेब्यु गर्दै छैटौं विकेटका लागि ९० रनको साझेदारी गरेका थिए । कुशलले ४६ वलमा ५ चौका र ५ छक्का सहित ६२ रनको पारी खेले । उनी १२ दशमलब ४ ओभरमा युलियान डे मे को वलमा क्याच आउट भएका थिए । 

आशफि ३८ वलमा ५४ रन जोड्दै अविजीत रहे । उनले ४ चौका र ४ छक्का हिर्काए । स्पिनर साहबले पनि नेदरल्यान्डस विरुद्ध सुरुवाती एघारमा पर्दै टि ट्वान्टी अन्तराष्ट्रियमा डेब्यु गरे । महंगा सावित भएका साहवले ४ ओभरमा ४५ रन खर्चिएर एक विकेट लिए । 

 

ताजा खबर