आज नेदरल्यान्डस र मलेसिया आमने सामने

२०७८ बैशाख ५ आइतबार ०८:३६:०० मा प्रकाशित

काठमाडौं । त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले नेदरल्यान्डस माथि ९ विकेटको शानदार जीत हात पारेको छ । शनिबारको खेलमा नेपालको जीतमा कुशल भुर्तेल र आसिफ शेखले कीर्तिमानी प्रदर्शन गरे ।

 टियु मैदानमा टस हारेर ब्याटिङ गरेको नेदरल्यान्डसले २० ओभरमा ४ विकेट गुमाएर एक सय ३७ रनको सामान्य लक्ष्य बनाएको  थियो । संदिप लामिछाने र सोमपाल कामीले कसिलो वलिङ गरेपछि नेदरल्यान्डसका ब्याट्सम्यानले खुलेर खेल्न सकेनन् । उसले १२ रनमानै दुइ विकेट गुमाएको थियो । संदिपले क्याम ओ डाउडलाइ दश रनमा आउट गर्दै नेपाललाइ पहिलो सफलता  दिलाएका थिए । घरेलु मैदानमा संदिपको टि ट्वान्टी अन्तर्राष्ट्रियमा यो पहिलो विकेट हो । बेन कुपर खाता नखोल्दै सोमपालको शिकार भए । उसका लागि बास डि लिडले सर्वाधिक ४१ रन जोडेका थिए । ४९ वल खेलेका उनले ३ चौका र दुइ छक्का प्रहार गरे । पिटर सिलर २३ र एन्टोनियस २० रनमा अविजीत रहे । संदिपले दुइ , सोमपाल र साहब आलमले १–१ विकेट लिए ।

जवाफमा नेपालले १५ ओभरमा मात्र एक विकेट गुमाएर लक्ष्य पुरा गर्यो । नेपालको पारीमा ओपनर कुशल भुर्तेल र आशिफ शेखले  पहिलो विकेटका लागि किर्तिमानी १ सय १६ रनको साझेदारी गरे । यो टि ट्वान्टी अन्तराष्ट्रियमा पहिलो विकेटका लागि भएको अहिले सम्मकै उच्च हो । यसअघि पारस खड्का र ज्ञानेन्द्र मल्लले भुटान विरुद्ध सन २०१९  डिसेम्बर ५ मा  १३ औं दक्षिण एशीयाली खेलकुका क्रममा टियु मैदानमानै १ सय ८ रनको साझेदारी गरेका थिए । आक्रमक ब्याटिङ गरेका कुशल र आशिफ दुवैले अर्धशतक बनाए । कुशल ६२ र आशिफ ५२ रनमा अविजीत रहे । ज्ञानेन्द्र मल्ल १३ रन बनाउदै नट आउट रहे  । कांधमा चोट लागेपछि सिरिज गुमाएका पारस खड्को अनुपस्थिती खेलमा खड्किएन् । खेल उल्लेख्य दर्शक बीच भएको थियो । नेपालले पहिलो पटक घरेलु मैदानमा टि ट्वान्टी सिरिज खेलेको हो ।

 अब नेपालले दोस्रो खेल सोमबार मलेसियासँग खेल्नेछ । आज आइतबार नेदरल्यान्डस र मलेसिया आमने सामने हुनेछन् ।

 

 

 
 
 

ताजा खबर