आईपिएल: चेन्नाइ सुपर किंस बिजयी

२०७८ बैशाख ४ शनिबार १०:०७:०० मा प्रकाशित

 

चेन्नाई । महेन्द्र सिंह धोनीको कप्तनीमा रहेको चेन्नाइ सुपर किंसले जारी इन्डियन प्रिमियर लिगमा पहिलो जीत हात पारेको छ । गएराती भएको खेलमा चेन्नाइले पंजाव किंसलाई ६ विकेटले पराजित गर्यो ।
 मुम्बइस्थित वाङखडे स्टेडियममा टस हारेर ब्याटिङ गरेको पंजावले २० ओभरमा ६ विकेट गुमाएर एक सय ६ रनको झिनो योगफल बनाएको थियो । दिपक चाहरले धातक वलिङ गर्दैै चार विकेट लिएपछि पंजावको पारी ध्वस्त भएको थियो । ओपनर केएल राहुल पाँच र मयंक अग्रवाल शून्यमा आउट भएका थिए । क्रिस गेल दश, दिपक हुड्डा दश रनमानै आउट हुदा निकोलस पुरनले खाता खोल्न सकेनन् ।साहरुख खानले ४७ रन जोडेपछि पंजावले एक सय रनको आंकडा पार गरेको थियो । 

जाय रिचर्डसनले १५ रन बनाए । चाहरले चार ओभरमा एक ओभर मेनड राख्दै मात्र १३ रन दिएर चार विकेट लिए । साम करण, मोइन अली र ड्वेन ब्राभोले १–१ विकेट लिए । जवाफमा चेन्नाइले १५ दशमलब ४ ओभरमा ४ विकेटको नोक्सानीम लक्ष्य पुरा गर्यो । मोइन अलीले ४६ र फाप डु प्लेसीले ३६ रन बनाएपछि चेन्नाइले पंजाव माथि सहज जीत हात पारेको हो । मोहम्मद सामीले २ विकेट लिए । चेन्नाइको दुइ खेलमा यो पहिलो जीत र पंजावको पहिलो हार हो ।  

 
 

ताजा खबर