टि ट्वान्टी:  पारस खेल्ने छैनन्, तीन साता आराम गर्न डाक्टरको निर्देशन

२०७८ बैशाख ४ शनिबार १०:००:०० मा प्रकाशित

काठमाडौं । पारस खड्काले आजदेखि घरेलु मैदानमा सुरु हुन लागेको त्रिकोणत्मक टि ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज गुमाउने भएका छन् । पूर्व कप्तान पारसले चोटका कारण सिरिज गुमाउने भएका हुन् ।

 नेपालले पहिलो पटक घरेलु मैदानमा टि टवान्टी अन्तर्राष्ट्रिय सिरिज खेल्दैछ । सिरिजमा नेपाल, नेदरल्यान्डस र मलेसिया सहभागी छन् । पारसले शुक्रबार सामाजीक संजाल मार्फत चोटबारे जानकारी दिएका हुन् । गत आइतबार अभ्यासका क्रममा क्याच लिदा दायाँ काँधमा चोट लागेको उनले बताएका छन् । चिकित्सकका अनुसार पारसले दुइ देखि तीन साता आराम गर्नुपर्नेछ । चोटका कारण सिरिज गुमाएको भन्दै टिम प्रति पूर्ण विश्वास रहेको र जीतका लागि सक्षम भएको पारसले उल्लेख गरेका छन् ।

सिरिजको पहिलो खेलमा नेपालले आज नेदरल्यान्डससँग टियु मैदानमा प्रतिस्पर्धा गर्दैछ । पारसको अनुपस्थितिले समर्थक खिन्न भएका छन् । राउन्ड रोविन लिगका आधारमा हुने प्रतियोगिताका शीर्ष दुइ टोली बीच बैशाख ११ गते फाइनल हुनेछ । 

ताजा खबर