आईपिएल: राजस्थान रोयल्ससँग दिल्ली क्यापिटलले सकेन

२०७८ बैशाख ३ शुक्रबार ११:१७:०० मा प्रकाशित

चेन्नाई । क्रिस मोरिसले आक्रामक ब्याटिङ गरेपछि राजस्थान रोयल्सले इन्डियन प्रिमियिर लिग आइपिएलमा दिल्ली क्यापिटल्स माथि ३ विकेटको रोमाञ्चक जीत हात पारेको छ । एक सय ४८ रनको ‘ सामान्य लक्ष्य पछ्याएको राजस्थान एक समय ४२ रन ५ विकेटको नाजुक स्थितिमा थियो । 

माथिल्लो क्रमका ब्याट्सम्यान सस्तैमा पवेलियन फर्किए । मनन बोहरा ९, जस बटलर २, संजु सामसन ४ र शिभम दुबे २ रनमा आउट भएका थिए । तर डेविड मिल्लरले ४३ वलमा ६२ रन जोडेपछि राजस्थान सम्हालिएको थियो । इङल्यान्डका अल राउन्डर बेन स्टोक्स चोटका कारण बाहिरिएपछि उनको स्थानमा आएका मिल्लरले ७ चौका र दुइ छक्का प्रहार गरे ।

त्यसपछि आइपिएल इतिहासकै सर्वाधिक महंगा खेलाडी मोरिसले १८ वलमा आक्रामक ब्याटिङ गर्दै ३६ रन जोडेपछि राजस्थानले जारी सिजनको आइपिएलमा पहिलो जीत हात पार्यो । उनले चार छक्क प्रहर गरेका थिए । मोरिसले १९ औं ओभरमा कागिसो रावडालाई दुइ र अन्तिम ओभरमा टम करणलाई दुइ छक्का प्रहार गरेपछि राजस्थानले दुइ वल अगावै लक्ष्य पुरा गर्यो ।

आभेस खानले ३, राबडा र क्रिस वोक्सले दुइ दुइ विकेट लिए । यसअघि मुम्बइ स्थित वाङखडे स्टेडियममा टस हारेर ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ८ विकेटको नोक्सानीमा एक सय ४७ रन बनाएको थियो । जयदेब उनादकटले उत्कृष्ट वलिङ गरेपछि दिल्ली ७ ओभरमा ३७ रन चार विकेटको अवस्थामा पुगेको थियो । पृथ्वी शं २, शिखर धवन ९, अजिंक्य रहाणे ८ र मार्कस स्टोनिस शुन्यमा पवेलयिन   फर्किए ।

रिसव पन्तले ३२ वलमा ५१ रन जोडेपछि दिल्लीले सम्माजनक स्कोर बनाएको थियो । टम करणले २१, ललित यादवले २० र वोक्सले १५ रन बनाएका थिए । जयदेवले ३, मुस्ताफिजुर रहमानले २ र क्रिस मोरिसले १ विकेट लिए । दिल्लीको जारी आइपिएलमा यो पहिलो हार हो । 

ताजा खबर