आईपिएल: रोयल च्यालेन्जर्स बैङलोरसँग सनराइजर्स हैदराबाद राजित

२०७८ बैशाख २ बिहीबार १०:५९:०० मा प्रकाशित

काठमाडौं । ग्लेन म्याक्सवेल र सहबाज अहमदले उत्कृट प्रदर्शन गरेपछि रोयल च्यालेन्जर्स बैङलोरले इन्डियन प्रिमियर लिग आइपिएलमा सनराइजर्स हैदराबाद लाई ६ रनले पराजित गरेको छ । चेन्नाइमा टस हारेर ब्याटिङ गरेको बैङलोरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४९ रनको सामान्य योगफल बनाएको थियो । उसका लागि म्याक्सवेलले सर्वाधिक ५९ रनको योगदान गरे । उनले ४१  वलमा ५ चौका र ३ छक्का प्रहार गरेका थिए । 

कप्तान विराट कोहलीले ३३, सहबाजले १४, कायल जेमिसनले १२ र देवदुत्त पाडिकलले ११ रन बनाएका थिए । वासिङटन सुन्दर ८ रनमा आउट भए । जेसोन होल्डरले ३, रासिद खानले २, भुवनेश्वर कुमार, साहबाज नदिम र नटराजनले १–१ विकेट लिए । जवाफमा सनराइजर्स २० ओभरमा नौ विकेटको नोक्सानीमा १  सय ४३ रनमा रोकियो । ओपनर रिद्धिमान साह तेस्रो ओभरमा ब्यक्तिगत एक रनमा पवेलियन फर्किएका थिए । दोस्रो विकेटका लागि डेविड वार्नर र मनिष पान्डेले ८३ रनको साझेदारी गर्दै टिमलाइ जीत तर्फ उन्मुख गराएका थिए । 

एक समय सनराइजर्स १३ ओभर १ विकेट ९७ रनको स्थितिमा थियो । तर कप्तान डेविड वार्नर ५४ रनमा जेमिसनको वलमा आउट भएपछि खेलले नाटकिय रुप लियो । सहबाजले १७ औं ओभरमा खेल बैङलोरको पक्षमा पारिदिए । १७ औं ओभरमा कप्तान कोहलीले अहमदलाई वलिङमा ल्याएका थिए । उनको निर्णय सही सावित भएपछि यहि ओभर खेलको टर्निङ पोइन्ट बन्यो । उनले यहि ओभरमा  सनराइजर्सका तीन ब्याट्सम्यननलाइ आउट गरे । 

जोनी ब्रेस्टो १२, मनिष पान्डे  ३८ र अब्दुल सामद शुनयमा मैदान बाहिरिए । रासिद खानदे १७ रन बनाएका थिए । सहबाजले तीन, मोहम्मद सिराज र हर्सल पटेलले २–२ विकेट लिए । जेमिनसनको नाममा एक विकेट रह्यो । सनराइजर्सको यो  लगातार दोस्रो हार हो भने बैङलोर दुइमा दुवै खेलमा जीत हात पार्न सफल भयो । 

ताजा खबर