आइपिएल खबर राजस्थान रोयल्सलाई चार विकेटले हराउँदै  पंजाब किंस बिजयी

२०७७ चैत ३१ मंगलबार ११:१९:०० मा प्रकाशित

चेन्नई । इन्डियन प्रिमियर लिग आइपिएलमा पंजाब किंसले राजस्थान रोयल्स माथि ४ रनको रोमाञ्चक जीत हात पारेको छ । राजस्थानका संजु सामसनको कीर्तिमानी शतक भने खेर गयो । मुम्बइस्थित वाङखडे स्टेडियममा टस हारेर ब्याटिङ गरेको पंजावले २० ओभरमा ६ विकेट गुमाएर २ सय २१ रन बनाएको थियो ।

पंजावका लागि केएल राहुलले ५० वलमा ९१ रनको योगदान गरे । उनले सात चौका र पाँच छक्का प्रहार गरेका थिए । उनले जीवनदानको भरपुर फाइदा उठाए । १५ रनमा खेलिरहँदा श्रेयस गोपालको वलमा बेन स्टोक्सले बाउन्ड्रीमा राहुलको क्याच छोडेका थिए । दिपक हुड्डाले ६४ र क्रिस गेलले ४० रन जोडे । मयंक अग्रवालले १४ रन बनाएका थिए । राहुल र हुड्डाले तेस्रो विकेटका लागि १ सय ५ रनको साझेदारी गरेपछि पंजावले विशाल योगफल  बनाएको थियो । उसले अन्तिम ८ ओभरमा १ सय ११ रन जोडेको थियो । हुड्डाले ६४ रन बनाउने क्रममा केवल २८ वलको सामना गरेका थिए । २० वलमा अर्ध शतक प्रहार गरेका  उनले ६ छक्का र ४ चौका हिर्काए ।

आइपिएलमा अनक्याप्ट खेलाडीले बनाएको यो दोस्रो सवैभन्दा छिटो अर्धशतक हो । यसअघि मुम्बइ इन्डियन्सका इशान किसनले सन २०१८ को आइपिएलमा कोलकत्ता नाइट राइडर्स बिरुद्ध १७ वलमा अर्धशतक बनाएका थिए । राजस्थानले फितलो फिल्डिङ गरेको थियो । चेतन साकारियाले तीन र क्रिस मोरिसले दुइ विकेट लिए । आइपिएलका सवैभन्दा महंगा खेलाडी मोरिसले ४ ओभरमा ४१ रन  खर्चिए ।

जवाफमा राजस्थानले २० ओभरमा ६ विकेटको नोक्सानीमा २ सय १७ रन बनायो । सामसनले शतकिय पारी खेलेपनि टिमलाई जीत दिलाउन सकेनन् । १२ र ३५ रनमा क्याच ड्रप भएपछि जीवनदान पाएका सामसनले ६३ वलमा एक सय १९ रनको उत्कृष्ट पारी खेले । उनले १२ चौका र ७ छक्क प्रहार गरे । कप्तानको रुपमा डेब्यु खेलमा नै आइपिएलमा शतक बनाउने सामसन पहिलो खेलाडी बनेका छन ।

जारी सिजनको पहिलो शतक बनाएका सामसनको समग्रमा आइपिएलमा यो तेस्रो शतक हो । राजस्थानलाई जीतका लागि अन्तिम ओभरमा १३ रन चाहिएको थियो । वलिङमा अर्शदिप सिंह थिए । पहिलो वलमा सामसनले कुनै रन लिएनन् । दोस्रो वलमा एक रन लिए । तेस्रो वलमा मोरिसले एक रन लिदै सामसनलाई स्ट्राइक दिए । चौथो वलमा उनले अर्शदिपलाइ छक्का प्रहार गरेपछि खेल रोमाञ्चक बनेको थियो । तर पाँचौ वलमा डट खेलेका उनलाई अन्तिम वलमा अर्धदिपले आउट गरेपछि पंजावलले चार रनको रोमाञ्चक जीत हात पार्यो ।

 राजस्थानका बेन स्टोक्स शुन्यमा आउट भएका थिए । मनन बोहराले १२, सज बटलरले २५, शिभम दुबेले २३, रियान प्रागले २५ रन बनाएका  थिए । अर्शदिपले ३ र मोहम्मद शामीले २ विकेट लिए ।

ताजा खबर