आर्सनलसँग तीन शून्यले पराजित भयो शेफिल्ड युनाइटेड

२०७७ चैत ३० सोमबार १०:०४:०० मा प्रकाशित

काठमाडौं । आर्सनलले इङलिस प्रिमियर लिगमा रेलिगेशन जोनमा रहेको शेफिल्ड युनाइटेडलाई ३–० गोलले पराजित गरेको छ । आर्सनलले चार खेलपछि जीत हात पारेको हो ।

शेफिल्डको मैदानमा आर्सनलले ३३ औं मिनेटमा अग्रता लिएको थियो । उसका लागि अलेक्जान्द्रे लाकाजेटले गोल गरे । ७१ औं मिनेटमा गाब्रिएल मार्टिनेलीले टिमका लागि दोस्रो गोल थपे । सन् २०२० जनवरी यता २० वर्षिय गाब्रिएलको यो पहिलो हो । ८५ औं मिनेटमा लाकाजेटले ब्यक्तिगत दोस्रो गोल गरेपछि आर्सनलले तीन शून्यको सहज जीत हात पार्यो । यो जीतसँगै आर्सनल खेलमा फर्किएको छ ।

यसअघिका चार खेलमा आर्सनल जीत विहिन थियो । आर्सनलले युरोपा लिगको अन्तिम १६ को दोस्रो लेगमा ओलम्पियाकोससँग एक शून्य गोलको हार बेहोरेको थियो । प्रिमियर लिगमा वेस्ट ह्यामसँग तीन तीनको बराबरी र लिभरपुलसँग तीन शून्यको हार बेहोर्यो । युरोपा लिगको क्वाटरफाइनलको पहिलो लेगमा साल्भिया प्रागसँग एक एक गोलको बराबरी खेलेको थियो । आर्सनल शीर्ष चारमा रहँदै च्याम्पियन्स लिगमा छनोट हुने आशमा छ । 

३१ खेलबाट ४५ अंक जोडेको आर्सनल तालिकाको नवौं स्थानमा उक्लियो । १४ अंक बटुलेको शेफिल्ड २० औं स्थानमा छ ।
   

ताजा खबर