इपिएल: म्यानचेस्टर युनाइटेडसँग भिड्न सकेन टोटेनहम

२०७७ चैत ३० सोमबार ०९:५२:०० मा प्रकाशित

काठमाडौं । इङलिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले टोटेनहम माथि पुनरागमन जीत हात पारेको छ । गएराती भएको खेलमा युनाइटेडले टोटेनमहलाई तीन एक गोलले पराजित गर्यो ।

युनाइटेडले घरेलु टोली टोटेनहमको एक शून्यको अग्रता उल्ट्याएको थियो । सुरुवातमै पल पोग्बाको पासमा इडिसन कभानीले गोल गरेपनि अफसाइड हुँदा युनाइटेड अग्रता लिन असफल भएको थियो । स्कट मेक्टोमीले टोटेनहमका सन हिउङ मिनलाई फाउल गरेपछि भिडियो एसिस्टेन्ट रेफ्रिले कभानीको गोललाए मान्यता दिएको थिएन् । ४० औं मिनेटमा सनले नै टोटेनहमका लागि गोल गरेपछि एक शून्यले पछि परेको युनाइटेडले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्यो । ५७ औं मिनेटमा फ्रेडले गोल गर्दै खेल एक एकको बराबरीमा ल्याए । ७९ औं मिनेटमा इभानीले टिमलाइ दुइ एकले अघि बढाए ।

इन्जुरी समयमा मेसोन ग्रिनउडले गोल गरेपछि युनाइटेडले तीन अंक जोड्यो । दोस्रो स्थानको युनाइटेडको ३१ खेलबाट ६३ अंक छ । लिग लिडर म्यानेचस्टर सिटीको ३२ खेलबाट ७४ अंक छ । यो हारले शीर्ष चारमा रहने टोटेनहमको लक्ष्यमा धक्का पुगेको छ । सातौं स्थानको टोटेनहमको ४९ अंक छ । जोजे मोरिन्होलको प्रशिक्षकको करियरमा एकै सिजनमा लिगमा दश खेलमा हार बेहोरेको यो पहिलो पटक हो । 

ताजा खबर