आईपिएल: कोलकत्ता नाइट राइडर्सको बिजय यात्रा सुरु

२०७७ चैत ३० सोमबार ०९:३३:०० मा प्रकाशित

चेन्नई । इन्डियन प्रिमियर लिग आइपिएलमा कोलकत्ता नाइट राइडर्सले विजयी सुरुवात गरेको छ । कोलकत्ताले आफ्नो पहिलो खेलमा सनराइजर्स हैदरावादलाई दश रनले पराजित गरेको हो ।

चेन्नईमा टस हारेर ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८७ रन बनाएको थियो । कोलकत्ताको पारीमा नितिश रानाले शानदार प्रदर्शन गरे । उनले ५६ वलको सामना गर्दै ८० रनको योगदान    गरे । नितिशको पारीमा ९ चौका र ४ छक्का सामेल थियो । राहुल त्रिपाठीले २९ वलमा ५३ रन जोडे । दिनेश कार्तिक २२ रनमा अविजीत रहे । शुभम गिल १५, आन्द्रे रसेल ५ र इयोग मोर्गन २ रनमा आउट भएका थिए । सकिब अल हसन मात्र ३ रनमा मैदान बाहिरिए । मोहम्मद नाबी र रासिद खानले २–२ तथा भुवनेश्वर कुमार र नटराजनले १–१ विकेट लिए । जवाफमा सनराइजर्सले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७५ रन मात्र बनाउन सक्यो ।

जोनी ब्रेस्टो र मनिष पाण्डेले अर्धशतकीय पारी खेलेपनि जीत दिलाउन सकेनन् । टिमको स्कोर सात रन हुदा दुवै ओपनर  पवेलयिन फर्किएका थिए । कप्तान डेविड वार्नर ३ र रिद्धिमान साह ७ रनमा आउट भए । मनिषले ४४ वलमा  अविजीत ६१ र ब्रेस्टोले ५५ रन बनाएपनि जीतका लागि पर्याप्त भएन । नाबीले १४, विजय शंकरले ११ र अब्दुल सामदले १७ रन बनाए । वलिङ तर्फ प्रशिद्ध कृष्णले २, सकिब, प्याक कमिन्स र रसेलले १–१ विकेट लिए ।

ताजा खबर