आईपिएल: दिल्ली क्यापिटल्ससँग चेन्नाई सुपर किंस पराजित

२०७७ चैत २९ आइतबार ०९:३६:०० मा प्रकाशित

चेन्नई । पृथ्बी श र शिखर धवनको उत्कृष्ट ब्याटिङको मदतमा दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग आइपिएलको आफ्नो पहिलो खेलमा चेन्नाई सुपर किंस माथि सात विकेटको शानदार जीत हात पारेको छ । 

मुम्बइस्थित वाङखडे स्टेडियममा टस जितेर ब्याटिङ गरेको चेन्नईले २० ओभरमा सात विकेट गुमाएर एक सय ८८ रन बनाएको थियो । टिमको स्कोर सात रन हुँदा दुवै विकेट गुमाएको चेन्नईलाई सुरेश रैना र मोइन अलीले उकासेका थिए । फाफ डु प्लेसी खाता खोल्न नपाउँदै पवेलियन फर्किए । ऋतुराज गायकवाड पाँच रनमा आउट भए । मोइन अलीले ३६ रन बनाएका थिए । सुरेस रैनाले ३६ वलमा ५४ रन र साम करणले ३४ रन जोडेपछि चेन्नईले ठूलो योगफल बनाएको थियो । 

अंबती रायडुले २३ र रविन्द्र जडेजाले अविजीत २६ रन बनाए । कप्तान महेन्द्र सिंह धोनी शून्यमा आउट भएका थिए । क्रिस वक्स र आवेस खानले दुइ दुइ तथा रविचन्द्रन आश्विर र टम करणले १–१ विकेट लिए । जवाफमा दिल्लीले १८ ओभर ४ वलमा नै मात्र तीन विकेटको क्षतीमा लक्ष्य पुरा गर्यो । पहिलो विकेटका लागि पृथ्वी र शिखरले १ सय ३८ रनको साझेदारी गरेपछि दिल्ली सहज जीत तर्फ उन्मुख भएको थियो । पृथ्बीले आक्रमक ब्याटिङ गर्दै ३८ वलमा ७२ रनको योगदान गरे । उनले नौ चौका र तीन छक्का प्रहार गरे । शिखरले दश चौका र दुइ छक्काको मदतमा ५४ वलमा ८५ रन बनाए । 

मार्कस स्टोइनिस १४ रनमा आउट हुदा कप्तान रिसव पन्त १५ रनमा अविजीत रहे । शार्दुल ठाकुरले २ र ड्वेन ब्राभोले एक विकेट लिए । चेन्नईले दिल्लीसँग लगातार तेस्रो हार बेहोरेको हो । 

ताजा खबर