आहा गोल्ड कप पहिलो पल्ट संकटा क्लबको हातमा

२०७७ चैत २८ शनिबार १९:२१:०० मा प्रकाशित

पोखरा । एक डिभिजन क्लब संकटाले पहिलो पटक आहा रारा गोल्डकपको उपाधी जितेको छ । शनिबार भएको फाइनलमा संकटाले अफ्रिकन रुट्स एसोसिएसनलाई टाइब्रेकरमा चार दुइले पराजित गर्यो ।

पोखरा रंगशालामा भएको खेलको निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेट एक एक गोलको बराबरी भएको थियो । सुरुवाती अग्रता लिएपनि अफ्रिकन रुट्सले बचाउन नसक्दा उपाधी संकटालाई सुम्पियो । एघारौ मिनेटमा ज्याक्स बसीको गोल मार्फत अफ्रिकन रुट्ले अग्रता लिएको थियो । ५२ औं मिनेटमा संकटाले बराबरी गोल फर्कायो । उसका लागि ग्लोरीले गोल गरेका थिए । त्यसपछि गोल हुन सकेन र खेल अतिरिक्त समयमा धकेलियो । 

दुवै टिमले पाएका मौकाको सदुपयोग गर्न नसक्दा टाइब्रेकर भएको थियो । जसमा संकटाले बाजी मार्यो । विजेता संकटाले दश लाख १ हजार र उपविजेता अफ्रिकन रुट्सले ५ लाख १ हजार पुरस्कार प्राप्त गर्यो । 

ताजा खबर