एपिएफका सीता र बिनु बने मेयर कपका आकर्षण

२०७७ चैत २८ शनिबार १९:०५:०० मा प्रकाशित

काठमाडौं । अलराउण्डर सीता राना मगर काठमाडौंमा सम्पन्न ललितपुर मेयर कप महिला टि ट्वान्टी च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन् । एपीएफले अपराजित रहँदै पहिलो संस्करणको मेयर कप जित्दा कप्तान सीताको भूमिका महत्वपूर्ण रह्यो । सीताले पाँच खेलमा पाँच विकेट लिइन् । उनले एक अर्धशतक सहित एक सय २३ रन बनाएकी थिइन् । सीता मेयर कपको पहिलो अर्धशतक बनाउने खेलाडी हुन् । उनले प्रतियोगिताको उद्घाटन खेलमा प्रदेश १ विरुद्ध अविजीत ५२ रन बनाएकी थिइन् ।

 

एपीउफकै विनु बुढामगर उत्कृष्ट वलर बनिन् । सीताले २५ हजार पुरस्कार पाइन् । सर्वाधिक विकेट लिनेको सूचीको शीर्ष स्थानमा रहेकी विनुले फाइनलमा पनि एक विकेट लिएकी थिइन् । उनले प्रतियोगितामा कुल दश विकेट लिइन् । विनु झण्डै तीन वर्षपछि मैदान फर्किएकी हुन् । आमा बनेपछिको पहिलो प्रतियोगितामै बिनुले शानदार पुनरागमन गरिन् ।

उत्कृष्ट ब्याटर प्रदेश एककी कप्तान रुविना क्षेत्री भइन् । प्रदेश एक लिग चरणबाटै बाहिरिए पनि रुविनाको प्रदर्शन उच्च रह्यो । रुविनाले एक सय ६१ रन बनाएकी थिइन् । जसमा एक अर्धशतक सामेल छ । दुवैले १५–१५ हजार पुरस्कार प्राप्त गरे । 

 

ताजा खबर