एपीएफ यसरी बन्यो मेयर कपको च्याम्पियन

२०७७ चैत २८ शनिबार १८:५४:०० मा प्रकाशित

काठमाडौं । ललितरपुर मेयर महिला टि ट्वान्टी क्रिकेट च्याम्पियनसिपको पहिलो संस्करणको उपाधी विभागीय टोली एपीएफ क्लबले जितेको छ । शनिबारको फाइनलमा एपीएफले सुदुरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गर्यो ।
 
टियु  मैदानमा टस जितेर ब्याटिङ गरेको सुदुरपश्चिमले २० ओभरमा सात विकेट गुमाएर एक सय ६ रनको सामान्य लक्ष्य बनाएको थियो । एक समय सुदुरपश्चिम ४४ रन दुइ विकेटको स्थितीमा थियो ।  रेवती धामी दश रनमा आउट भइन् । अर्की ओपनर डली भट्टले सस्तैमा विकेट फालेपछि दवावमा आएको सुदुरपश्चिम सम्हालिन सकेन् । डलीले १२ वलमा एक छक्का र एक चौका सहित १३ रन जोडिन् । करुणा भन्डारीको वलमा सुन्दर छक्का प्रहार गरेलगत्तै अर्को वलमा डलीले उनैलाइ क्याच थमाएकी थिइन् । विन्दु रावलले अन्तिम समय सम्म क्रिजमा रहदै ४३ रन जोडिन् । उनले अन्य खेलाडीको साथ पाइनन् । कविता कुँवर मात्र १३ रनमा पवेलियन फर्किइन्  । पाँच खेलाडीले खाता खोल्न सकेनन् ।

जवाफमा एपीएफले १६ ओभर २ वलमानै मात्र दुइ विकेटको नोक्सानीमा लक्ष्य पुरा गर्यो । सीता राना मगर र ज्योती पान्डेले पहिलो विकेटका लागि ६९ रनको साझेदारी गरेपछि एपीउफले सहज जीत हात पार्यो । सिताले २७ र प्लेयर अफ द म्याच बनेकी ज्योतीले ३६ रन बनाए । दुवै जना रन आउट भएका थिए । इन्दु बर्मा १९  र ममता चौधरी १५ रनमा अविजीत रहे  । गत पुषमा दाङमा भएको प्रधानमन्त्री कपको फाइनलमा प्रद्येश एक संग पराजित भएको एपीएफले मेयर कप मार्फत पुनरागमन गरेको छ । च्याम्पियन बन्ने क्रममा एपीएफ अपराजित रह्यो ।

विजेता एपीएफले ३ लाख र उपविजेता सुदुरपश्चिमले एक लाख ५० हजार पुरस्कार प्राप्त गरे । 

 

ताजा खबर