जात्रामा संक्रमण फैलिन नदिन घरघरमा स्वास्थ्य सामग्री वितरण

२०७७ चैत २७ शुक्रबार ०९:१६:०० मा प्रकाशित

भक्तपुरः बिस्केट जात्राका लागि भक्तपुर नगरपालिकाले स्थानीयलाई घरघरमा स्यानिटाइजर, साबुन र मास्क वितरण शुरु गरेको छ। जात्राबाट कोरोना सङ्क्रमण फैलिन नदिन कोरोना रोकथामका लागि आवश्यक सामग्री वितरण शुरु गरेको नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए।

नगरपालिकाले नगरवासीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै स्वास्थ्य सामग्री वितरण गरेको उनकाे भनाइ छ। सङ्घीय सांसद प्रेम सुवालको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७७/७८ को बजेटबाट भक्तपुर नगरपालिकामा सञ्चालित कोभिड–१९ सङ्क्रमण रोकथामका लागि नगरपालिकाले स्वयंसेविका परिचालन गरी घरघरमा गएर स्वास्थ्य सामग्री वितरण गरेको जनाएको छ।

ताजा खबर