न्यूडायमन्ड स्पोटर्स क्लब बन्यो बिजेता

२०७७ चैत २६ बिहीबार २१:४५:०० मा प्रकाशित

काठमाडौं । न्यूडायमन्ड स्पोटर्स क्लब एनभिए राष्ट्रिय भलिवल च्याम्पियनसिपको महिला तर्फको उपाधी जितेको छ । बिहीबारको फाइनलमा न्यूडायमन्डले, नेपाल पुलिस क्लबलाई पाँच सेटमा पराजित गर्दै उपाधी जितेको हो ।

 त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भएको रोमान्चक र प्रतिस्पर्धात्मक फाइनलमा न्यूडायमन्डले पहिलो सेट २२–२५ ले गुमाएको थियो । पहिलो सेटमा गरेको कमजोरी सच्याउँदै न्यूडायमन्डले दोस्रो सेटमा उत्कृष्ट पुनरागमन गर्दा पुलिसले लय गुमायो । यो सेटमा न्यूडायमन्डले पुलिसलाई सहजै २५–११ ले पराजित गर्यो । तेस्रो सेट २५–१९ ले जित्दै डायमन्ड वलियो स्थितिमा पुगेको थियो । तर चौथो सेटमा पुलिस खेलमा फर्कियो ।

 पुलिस २५–२१ द्ये विजयी भएपछि खेल पाँचौ सेटमा पुगेको थियो । यो सेटमा भने न्यूडायमन्ड १५–१ १ ले जित्दै च्याम्पियन बन्यो । विजेता न्यूडायमन्डले ३ लाख, उपविजेता पुलिसले १ लाख ५० हजार र तेस्रो भएको एपीएफ क्लबले ७५ हजार पुरस्कार पाए । न्यूडायमन्डले २०७५ सालपछि कुनैपनि प्रतियोगिताको उपाधी पहिलो पटक जितेको हो । उसले यसअघि पहिलो र तेस्रो संस्करणको एनभिए राष्ट्रिय भलिवल च्याम्पियनसिपको उपाधी जितेको थियो । 

हेल्प नेपालले एनभिए राष्ट्रिय भलिवल च्याम्पियनसिपको पुरुष तर्फको उपाधी रक्षा गरेको छ । आज भएको फाइनलमा हेल्प नेपालले एपीएफ क्लबलाइ तीन शून्यको सोझो सेटमा पराजित गरेको हो ।
भारतीय खेलाडी सम्मिलत हेल्प नेपाललाई एपीएफले कुनैपनि सेटमा कडा चुनौती दिएन । उसले पहिलो सेट २५–१४ ले जितेको थियो । एकपक्षिय खेलको दोस्रो सेट हेल्प नेपालले २५–२० ले जितेपछि एपीएफ कमजोर बनेको एपीएफ खेलमा फर्कन सकेन । तेस्रो सेट सहजै २५–२२ ले जित्दै हेल्प नेपालले उपाधी उचाल्यो । उपाधीसँगै उसले तीन लाख र एपीएफले १ लाख ५० हजार पुरस्कार प्राप्त गरे ।

हेल्प नेपालका विकास कुमार, उत्कृष्ट डिफेन्डर एपिएफका बिनोद चन्द, उत्कृष्ट सर्भर बुलबुले रारा क्लबका घनश्याम चौधरी रहे । उत्कृष्ट प्रशिक्षक हेल्प नेपालका रमेश केसी रहे ।

महिला तर्फ डायमण्डकी प्रतिभा माली सर्वोत्कृष्ट खेलाडी घोषित भईन् । यस्तै उत्कृष्ट स्पाईकरको उपाधी पुलिसकी उषा भण्डारीले हात पारिन् । उत्कृष्ट ब्लकरमा पुलिसकी मनिषा चौधरी, उत्कृष्ट सेटरमा पुलिसकी कमला पुन, उत्कृष्ठ डिफेन्डरमा डायमण्डकी सलिना श्रेष्ठ, उत्कृष्ट सर्भरमा डायमण्डकी ललिता नाथ र उत्कृष्ट प्रशिक्षकमा कुमार राई घोषित भए ।

ताजा खबर