टि ट्वान्टी सिरिज: पहिलो खेल नेपाल र नेदरल्यान्डस

२०७७ चैत २६ बिहीबार २१:३२:०० मा प्रकाशित

काठमाडौं । त्रिकोणात्मक टि ट्वान्टी सिरिजको पहिलो खेलमा नेपालले नेदरल्यान्डससँग खेल्ने भएको छ । बिहीबार सार्वजनिक गरिएको खेल तालिका अनुसार नेपालले बैशाख चार गते टियु मैदानमा नेदरल्यान्डस विरुद्धको खेल संगै सिरिजको सुरुवात गर्नेछ ।

सिरिजमा नेपाल, नेदरल्यान्डस र मलेसिया सहभागी छन । दोस्रो खेल बैशाख ६ गते मलेसिायसँग खेल्नेछ । ७ गते नेदरल्यान्डस र ९ गते मलेसियासँग प्रतिस्पर्धा गर्नेछ । सवै टिमले दुइ दुइ खेल खेल्नेछन् । शीर्ष दुइ टिमले बैशाख ११ गते फाइनल खेल्नेछन् । सवै खेल दिउँसो साढे दुइ बजे पछि सुरु हुनेछ । हरेक दिन एक खेल हुनेछ ।

फाइनल अघि आराम दिइएको छ । क्यानले एक सय ५० रुपैया टिकट मूल्य तोकेको छ । नेपालले पछिल्लो पटक गत वर्ष फागुनमा थाइल्यान्डमा भएको एसीसी  इस्टर्न रिजन टि ट्वान्टी एशिया कप छनोट खेलेको थियो । घरेलु मैदानमा गत माघमा आइसीसी विश्वकप लिग टु मा अमेरिका र ओमानसँग प्रतिस्पर्धा गरेको थियो । नेपालले सिरिज खेल्ने टिमको घोषणा गरेको छैन । बन्द प्रशिक्षणमा २० खेलाडी छन् ।  

 

ताजा खबर