पाकिस्तानसँग दक्षिण अफ्रिका पराजित

२०७७ चैत २६ बिहीबार ११:२०:०० मा प्रकाशित

नयाँदिल्ली । पाकिस्तानले तीन एकदिवसीय सिरिजमा दक्षिण अफ्रिकालाई पराजित गर्दै उपाधी जितेको छ । पाकिस्तानले दुइ एकले सिरिज आफ्नो नाममा लेखाएको हो । अन्तिम तथा निर्णायक एकदिवसीयमा घरेलु टोली दक्षिण अफ्रिका २८ रनले पराजित भयो ।

सेन्चुरियनस्थित सुपर स्पोर्ट पार्कमा दक्षिण अफ्रिकाले टस जितेर पाकिस्तानलाई पहिलो ब्याटिङका लागि निम्तो दिएको थियो । पाकिस्तानले फाखर जमानको शतकिय पारीको मदतमा ५० ओभरमा ७ विकेट गुमाएर ३ सय २० रनको योगफल बनायो । इमाम उल हक र फाखरले मिलेर पहिलो विकेटका लागि १ सय १२ रनको साझेदारी गर्दै वलियो सुरुवात दिलाएका थिए । इमाम ७३ वलमा तीन चौका सहित ५७ रनमा आउट भए । फाखरले एक सय ४ वलमा एक सय १ रनको पारी खेले । उनले नौ चौका र ३ छक्क प्रहार गरे । उनको यो लगातार दोस्रो शतक हो ।  फाखरले दोस्रो एकदिवसीयमा पनि १ सय ९३ रनको शानदार पारी खेलेका थिए ।

यद्यपी सो खेलमा पाकिस्तान भने पराजित भएको थियो । कप्तान बाबर आजमले ८२ वलमा ९४ रनको योगदान गरे । हसन खली ३२ रनमा अविजीत रहे । केशब महाराजले ३, ऐइडेन माक्रमले २, एन्डिल फेलुकक्वायो र जे जे मट्सले १–१ विकेट लिए । 

जवाफमा दक्षिण अफ्रिका ४९ दशमलब ३ ओभरमा २ सय ९२ रनमा अल आउट भयो । उसका लागि यानेमनले सर्वाधिक ७० रन जोडे । काइल भरेनले ६२  र एन्डिलले रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले उल्लेखय प्रदर्शन गर्न सकेनन् । माक्रम १८, मट्स १७, हेनरिच क्लासेन ४ रनमा  पवेलियन फर्किए । साहिन साह अफ्रिदी र मोहम्मद नवाजले ३–३ विकेट लिए । हेरिस रौफले २, हसन अली र उस्मान क्वादिरले १–१ विकेट लिए । दक्षिण अफ्रिका मुख्य खेलाडी क्विनटन डि कक, डेविड मिल्लर, एनरिच नोर्टचे, लुगिं एनगिडी र कागिसो रावडा विना मैदान उत्रिएको थियो । यी खेलाडी भोलिबाट सुरु हुने इन्डियन प्रिमियर लिग आइपिएलका लागि भारत  पुगेका छन ।  

ताजा खबर