च्याम्पियन्स लिग: साविक विजेता बायर्न म्युनिख पराजित

२०७७ चैत २६ बिहीबार ११:१५:०० मा प्रकाशित

काठमाडौं । च्याम्पियन्स लिग क्वारटफाइनलको पहिलो लेगमा पेरिस सेन्ट जर्मेन पिएसजीले साविक विजेता बायर्न म्युनिख माथि तीन दुइ गोलको जीत हात पारेको  छ । जर्मन च्याम्पियन बायर्नलाई उसकै मैदानमा पराजित गर्ने क्रममा किलियम एमबाप्पेले दुइ गोल गरे । 

गत सिजनका फाइनलिस्ट बीच भएको यो खेल रोमान्चक र प्रशितस्पर्धात्मक बन्यो । खेल सुरु भएको तेस्रो मिनेटमानै नेइमारको पारसमा एमबाप्पेले गोल गरेपछि पिएसजीले अग्रता बनायो । २८ औं मिनेटमा मार्किन्होजले अग्रता दोब्बर पारे । यसपटक पनि नेइमारले नै पास दिएका थिए । ३७ औं मिनेटमा बायर्नका एरिक म्याक्सिम चुप्पो मोटिङले हेडर गोल गर्दै पिएसजीसँगको दूरी दुइ एकमा झारे । उनी पिएसजीकै पुर्व स्ट्राइकर हुन् । ६० औं मिनेटमा थोमस मुल्लरले गोल गर्दै खेल दुइ दुइको बराबरीमा पुर्याए । तर त्यसको आठ मिनेट पछि एमबाप्प्ेले एगंल डि मारियाको क्रसमा गोल गरेपछि पिएसजीले तीन दुइको महत्वपुर्ण अवे जीत हात पार्यो ।

जारी सिजन च्याम्पियन्स लिगमा एमबाप्पेको यो आठौं गोल हो । जीतपछि गत सिजन फाइनलमा बेहोरेको हारको बदला पनि पिएसजीले लियो । बायर्नको च्याम्पियन्स लिगमा १९ खेल देखीको पअराजित यात्रामा पसिन ब्रके लाग्यो । पिएसजी प्रशिक्षक माउरिसियो पोचेटिनोको यो अर्को सनसनी पुर्ण नतिजा हो । अन्तिम १६ को पहिलो लेगमा पिएसजीले बार्सीलोनालाइ ४–१ गोलले हराएको थियो । 

अहिलेसम्म च्याम्पियन्स लिग नसिजतेको पिएसजीले दोस्रो लेग १४ अप्रिलमा घरेलु मैदानमा खेल्नेछ ।

ताजा खबर