च्याम्पियन्स लिग: क्वारटफाइनलको पहिलो लेगमा चेल्सि विजयी

२०७७ चैत २६ बिहीबार ११:१०:०० मा प्रकाशित

काठमाडौं । च्याम्पियन्स लिग अन्तर्गत क्वारटफाइनलको पहिलो लेगमा चेल्सि विजयी भएको छ । प्रिमियर लिग क्लब चेल्सिले पोर्चुगलको पोर्टोलाई दुइ शून्य गोलले हराएको हो ।

 ३२ औं मिनेटमा मेसोन माउन्टले गोल गर्दै चेल्सिलाई अग्रता दिलाएका थिए । च्याम्पियन्स लिगमा उनको यो पहिलो गोल हो । माउन्टले जर्जिन्होको पासमा गोल गरेका हन् । चेल्सिे पहिलो टार्गेटमा नै गोल गर्न सफल भयो । उच्च फर्ममा रहेका माउन्टले चेल्सि र इङल्यान्डबाट खेलेका पछिल्ला चार खेलमा तीन गोल गरेका    छन । 

८५ औं मिनेटमा बेन चिलवेलले गोल गरेपछि थोमस टुखेलको टोली चेल्सिले सहज जीत हात पार्दै सेमीफाइनल यात्रा वलियो बनाएको छ । प्रिमिय  लिगमा वेस्टब्रोमसँग पाँच दुइले हारेको चेल्सिले च्याम्पियन्स लिग मार्फत उत्कृष्ट पुनरागमन पनि गरेको छ । 

कोरोान भाइरस संक्रमणका कारण स्पेनको सेभियामा खेल भएको थियो । दोस्रो लिग पनि यहि १४ अप्रिलमा हुनेछ । 

ताजा खबर