राष्ट्रिय क्रिकेट टिमका २० खेलाडीले लाए कोरोना सुई

२०७७ चैत २५ बुधबार १७:१२:०० मा प्रकाशित

काठमाडौं । घरेलु मैदानमा हुने त्रिकोणात्मक सिरिजको तयारीमा रहेका नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई कोरोना विरुद्धको खोप लगाइएको छ ।

नेपाल क्रिकेट संघ क्यानले आज प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा रहेका २० जना खेलाडीलाई खोप लगाइएको जानकारी दिएको हो । नेपाली टिमले आजैबाट अभ्यास सुरु गरेको हो । कीर्तिपुर क्रिकेट मैदानमा ललितपुर मेयर महिला टि ट्वान्टी चलिरहेकाले पुरुष टिमको अभ्यास मुलपानीमा सुरु भएको  छ ।

शनिबार मेयर कपको फानइनल खेल सकिएपछि टियु मैदानमै अभ्यास गर्नेछन् । नेपाल, नेदरल्यान्डस र मलेसिया सम्मिलित टि ट्वान्टी सिरिज आगामी बैशाख चार गते देखि सुरु हुँदैछ । नेपालले पछिल्लो पटक गत वर्ष माघमा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गरेको थियो ।

क्रिकेट विश्वकप लिग टु अन्र्तगत नेपाल, अमेरिका र ओमान बीचको एकदिवसीय सिरिज टियुमा भएको थियो । 

ताजा खबर