सुदुरपश्चि प्रदेश ललितपुर मेयर कपको फाईनलमा

२०७७ चैत २५ बुधबार १६:२१:०० मा प्रकाशित


काठमाडौं । सुदुरपश्चि प्रदेश ललितपुर मेयर महिला टि ट्वान्टी प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा लुम्बिनी प्रदेशलाई ८ विकेटले पराजित गर्दै सुदुरपश्चि उपाधी नजिक पुगेको हो ।

टियु मैदानमा टस जितेर ब्याटिङ गरेको लुम्बिनीले पुरै ओभर खेलेर नौ विकेट गुमाउँदै ७२ रनको झिनो योगफल बनाएको थियो । लुम्बिनीका दुइ खेलाडीले मात्र दोहोरो रन बनाउन सके । लक्ष्मी चौधरीले २६ र नेरी थापाले ११ रन बनाए । नितु भण्डारी ४, सरस्वती जिएम ९, सरस्वती पुन २, वर्षा राना ८, अलिसा केसी ३ रनमा पवेलियन फर्किए । मधु डिसी र कृतिका मरासिनीले खाता खोल्न सकेनन् । 

लुम्बिनीलाई सस्तैमा समेट्ने क्रममा लक्ष्मी साउदले चार विकेट लिइन् । उनले १४ औं ओभरमा तीन विकेट लिएपछि लुम्बिनी दवावमा आएको थियो । लक्ष्मीले हिजो प्रदेश १ विरुद्ध ह्याट्रिक गरेकी थिइन् । रितु कनोजीयाले ३ विकेट हात पारिन् । सुनिता लुहार र कविता जोशीले १–१ विकेट बाडे ।

जवाफमा सुदुरपश्चिमले १२ ओभर ३ वलमानै मात्र २ विकेटको नोक्सानीमा लक्ष्य पुरा गर्यो । मंजु बोगटीले २६, रेवती धामीले १७ रनको योगदान गरे । बिन्दु रावल १७  र कविता जोशी ४ रनमा अविजीत रहिन् । कृतिका मरासिनीले २ विकेट लिइन् । 

अब उपाधीका लागि एपीएफसँग प्रतिस्पर्धा हुनेछ । एपीएफ एक  खेल अगावै फाइनल पुगिसकेको छ । 

लुम्बिनीको यो लगातार तेस्रो हार हो ।

ताजा खबर