पूर्व अख्तियार प्रमुख बस्नेत ग्राण्डी अस्पतालमा

२०७७ चैत २४ मंगलबार १७:१७:०० मा प्रकाशित

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दिप बस्नेतको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि सोमबार साँझदेखि ग्राण्डी अस्पतालमा भर्ना गरेर उपचार थालिएको छ ।

ग्राण्डीका चिकित्सकले पहिले मुटुको शल्यक्रिया गरेकै अस्पतालमा गै थप परीक्षण र उपचार गर्न सुझाव दिएका बस्नेतको परिवारका सदस्यले बताए । बस्नेतको एमआरआई गर्न पनि प्राविधिक कारणले चुनौतिपूर्ण भएको ग्राण्डीका डाक्टरले बताएको बुझिएको छ ।

नयाँदिल्लीको म्याक्स अस्पतालमा बस्नेतले मुटुको शल्यक्रिया गराएका थिए । केहीदिन देखि उच्च रक्तचाप र हातहरु कक्रिने समस्या बढ्दै गएको पारिवारीक सूत्रबाट थाहा भएको छ ।  

यो पनि पढौं- 

 

ताजा खबर