एएफसी कप: त्रिभुवन आर्मी क्लव श्रीलंका पुलिससँग भिड्दै

२०७७ चैत २४ मंगलबार १६:५८:०० मा प्रकाशित

काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लबले एएफसी कपको प्रारम्भिक चरणमा भोली श्रीलङका पुलिस स्पोटर्स क्लबसँग प्रतिस्पर्धा गर्दैछ । खेल दशरथ रंगशालामा साँझ साढे ५ बजे हुनेछ ।

एएफसी कपमा शीर्ष डिभिजनको घरेलु लिग च्याम्पियनले भाग लिने गर्छन् । तर एएफसी कप खेल्न क्लब लाइसेन्स अनिवार्य गरेपछि नेपालबाट  लिग उपविजेता आर्मीले मौका पाएको हो । ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्र क्लब हो । तर नेपालबाट आर्मीले मात्र क्लब लाइसेन्स मापदण्ड पुरा गर्दै एफसी कप खेल्ने मौका पाएको हो । आर्मीको यो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । 

प्रशिक्षक नवीन न्यौपोनले क्लबले सहभागीता जनाएपनि देशको प्रतिनिधित्व हुने भएकाले यो अवसर र चुनौती दुवै भएको बताए । पहिलो पटक क्लब लाइसेन्स प्राप्त गर्दै एएफसी कपको छनोट खेल्न पाउँदा उत्साहित भएको उनको भनाइ छ । क्लब लाइसेन्स पाए देखि नै तयारी सुरु गरेको आर्मीका नौ खेलाडी त्रिदेशीय कप खेल्ने नेपाली टिमको बन्द प्रशिक्षणमा थिए । त्यसमध्ये भरत खबास र नवयुग श्रेष्ठ अन्तिम टोलीमा अटाएपनि खेल्ने मौका भने त्यति पाएनन् । प्रशिक्षक  नवीनले अघिल्लो चरण पुग्नका लागि जित्नुको विकल्प नभएको उल्लेद गरे ।

हार बेहोरेको दुवै टिमको यात्रा पहिलो खेलमा नै सकिनेछ । आर्मीको पहिलो लक्ष्य समुह चरणमा पुग्नु हो । त्यसका लागि तीन खेल जित्नुपर्नेछ ।  कप्तान भरत खबासले राष्ट्रिय टिमबाट खेल्ने मौका त्यति नपाएकाले आफ्ना लागि पनि क्षमता देखाउने मौका भएको बताए । श्रीलङकाले नेपाल सामु खेल्दा चार चुनौती रहेको बताएको छ । 

कोरोना भाइरसका कारण सवै खेलाडीले ड्युटी गर्नुपरेकाले तयारी राम्रो नभएको श्रीलङकन टिमका कप्तान छामिका कुमाराको भनाइ छ । श्रीलङकाले नेपाल विरुद्ध उत्रँदा चार चुनौती रहेको उल्लेख गर्यो । क्लब गेम भएपनि नेपाल श्रीलङका भन्दा फिफा वरियतामा माथि रहेको उसको भनाइ छ । दक्षिण एशियामा नेपाल तेस्रो र श्रीलङ्का सातौं स्थानमा छ । नेपाललाई  घरेलु दर्शकको साथ  र आफ्नो टोलीमा राष्ट्रिय टिमका खेलाडी नहुनु मुख्य चुनौती भएको उसको भनाइ छ । जीत हात पार्ने टिमले दोस्रो चरणमा भारतको बेङलुरुसँग खेल्नेछ । रंगशालामा ५० प्रतिशत दर्शकले मात्र प्रवेश अनुमति पाउनेछन् ।

ताजा खबर