उत्तर कोरया टोकियो ओलम्पिकमा सहभागि नहुने आयोजक जापान स्तव्ध

२०७७ चैत २४ मंगलबार १५:१८:०० मा प्रकाशित

काठमाडौं । उत्तर कोरया टोकियो ओलम्पिकमा सहभागि नहुने भएको छ । उत्तर कोरियाले कोरोना भाइरस संक्रमण बाट आफ्ना खेलाडीलाई जोगाउन ओलम्पिकमा भाग नलिने निर्णय गरेको हो ।

उत्तर कोरियाको खेलकुद मन्त्रालयले आज टोकियो नजाने निर्णय सुनाएको हो । यो निर्णय गत मार्च २५ मा बसेको ओलिम्पक कमिटीको बैठकले लिएको जनाइएको छ । सो बैठकमा खेलकुद मन्त्रीको उपस्थिति थियो ।  भाइरसका कारण टोकियो ओलम्पिक नखेल्ने निर्णय गर्ने उत्तर कोरिया पहिलो देश हो । उत्तर कोरियाको यो निर्णय पछि ओलम्पिकको माध्यमबाट क्रस बोर्डर वार्ता गर्ने दक्षिण कोरियाको योजनामा पनि धक्का पुगेको छ । 

सन १९८८ पछि पहिलो पटक उत्तर कोरियाले ओलम्पिकमा भाग नलिने भएको हो । सो वेला शीतयुद्धका कारण उत्तर कोरियाले  सियोल ओलम्पिक वहिस्कार गरेको थियो । गत वर्ष विश्भर कोभिड १९ को संक्रमण बढेपछि उत्तर कोरियाले विषेश सावधानी अपनँइरहेको छ । सिमा नाका बन्द गरेको उत्तर कोरियाले धेरै अन्तर्राष्ट्रिय उडानहरु पनि रोकेको छ । सन् २०१८ को विंटर ओलम्पिकमा दुवै कोरियाले एउटै झन्डा बोकेर  सहभागिता जनाएका थिए । सो ऐतिहासिक सहभागिताका क्रममा यी छिमेकी देश बीच महत्वपुर्ण राजनैतिक विषयमा छलफल पनि भएको थियो । 

उत्तर कोरियाको यो कदम पछि ओलम्पिक आयोजक  जापानलाई धक्का पुगेको छ । अझैपनि ओलम्किप हुने नहुेनमा शंका कायमै छ । केही दिन अघि जापानको ओलम्पिक खेल्ने वाटर पोलो टिमका खेलाडीमा संक्रमण पुष्टि भएको थियो । अरबौं खर्च गरिसकेको जापानले अत्यधिक स्वास्थ्य सावधानी अपनाएर निर्धारित मितीमा ओलम्पिक गर्ने दाबी गरेको छ । जसमा अन्तर्राष्ट्रिय समर्थकलाई जापान प्रवेशमा रोक लगाइएको छ । सहभागी देशका पदाधिकारीको कोटा पनि कटौती गरिएको छ ।  टोकियो ओलम्पिकमा दश हजार भन्दा बढी खेलाडीले भाग लिनेछन ।
 
आधुनिक ओलम्पिकको १ सय २५ वर्ष

आधुनिक ओलम्पिक सुरु भएको आज १ सय २५ वर्ष पुरा भएको छ । सन १८९६, अप्रिल ६  मा ग्रिसको एथेन्सबाट आधुनिक ओलम्पिकको सुरुवात भएको थियो । पहिलो आधुनिक ओलम्पिकमा १४ देशका २ सय ४१ ख्ेलाडीले ४३ इभेन्टमा प्रतिस्पर्धा गरेका थिए । अमेरिकाका जेम्स कोनोल्ली ट्रिपल जम्पमा पदक जित्दै आधुनिक ओलम्पिकको पहिलो च्याम्पियन बनेका थिए । सहभागी खेलाडी मध्ये धेरै ग्रिसकै थिए । ७७६ बिसी देखी ३९३ एडीको बीतमा परम्परागत ओलिम्पक भएको थियो । आधुनिक ओलम्पिक सुरु भएयता अहिलेसम्म तीन पटक रद्ध भएको छ । १९४८ यता भने निरन्तर हुँदै आएको छ । 

ताजा खबर