मेयर कप प्रदेश एकले दश विकेटले लुम्बिनीलाई हरायो

२०७७ चैत २३ सोमबार १४:४३:०० मा प्रकाशित

काठमाडौं । रुविना क्षेत्रीले अर्धशतकीय पारी खेलेपछि प्रदेश एकले जारी  मेयर कप टि ट्वान्टी क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशलाई दश विकेटले पराजित गरेको छ । 

कीर्तिपुरस्थित टियु मैदानमा टस जितेर ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा २ विकेट गुमाएर एक सय चार रन बनाएको थियो । लुम्बिनीका लागि सरस्वती जिएमले अविजीत ५० रन बनाएकी थिइन् । उनले ६६ वलमा पाँच चौका प्रहार गरिन् । नेरी थापाले २०  र नितु भण्डारीले १८ रन जोडे । २६ रन अतिरिक्त पाएको थियो । सवनम राईले एक विकेट लिइन् ।

जवाफमा प्रदेश एकले १३ दशमलब २ ओभरमा विना क्षती लक्ष्य पुरा गर्यो । रुविनाले ४९ वलमा नक आउट ६८ रनको योगदान गरिन् । उनको पारीमा १२ चौका र एक छक्का सामेल थियो । काजोल श्रेष्ठले २५ रन जोडिन् । जारी प्रतियोगितामा प्रदेश एकको यो पहिलो जीत हो । उसले हिजो एपीएफ क्लबसँग ८ विकेटको हार बेहोरेको थियो । लुम्बिनी प्रदेशको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा लुम्बिनीलाई ललितपुर मेयर एघारले पराजित गरेको थियो । 

 

ताजा खबर