मेयर कप: ललितपुर मेयर एघार च्याम्पियनसिप

२०७७ चैत २३ सोमबार ०९:२६:०० मा प्रकाशित

काठमाडौं । ललितपुर मेयर एघारले काठमाडौंमा भइरहेको ललितपुर मेयर महिला टि ट्वान्टी च्याम्पियनसिपमा पहिलो जीत हात पारेको छ  । आईतबारको खेलमा ललितपुरले नेरी थापाको कप्तानीमा रहेको लुम्बिनी प्रदेशलाई २७ रनले पराजित गरेको हो ।

टियु मैदानमा टस जितेर ब्याटिङ गरेको ललितपुरले २० ओभरमा  विकेट गुमाएर एक ‘सय ४४ रन बनाएको थियो । खराब सुरुवात गरेको ललितपुरले ३६ रन हुदा ५ विकेट गुमाएको थियो । अनुराधा चौधरी दश रनमा आउट भएकी थिइन् । अरु चार खेलाडीले दोहोरो अंक बटुल्न सकेनन् । तर छैटौ विकेटका लागि सुमन खतिवडा र अस्मिना कर्माचार्यले एक सय ८ रनको उत्कृष्ट साझेदारी गरेका थिए । सुमनले ५२ वलमा आक्रमक ब्याटिङ गर्दै अविजीत ७२ रनको योगदान गरिन् । उनले नौ चौका र दुइ छक्का प्रहार गरेकी थिइन् । अस्मिनाले २० रन बनाउँदै सुमलाइ वलियो साथ दिइन् । सुस्मता भुषाल, स्वातिका बजगाइ, कृतिका मरासिनी र सरस्वती पुनले १–१ विकेट लिए ।

जवाफमा लुम्बिनीले पुरै ओभर खेल्दै पाँच विकेटको नोक्सानीमा एक् सय १७ रन मात्र बनाउन सक्यो । सरस्वती घर्तीमगरले अविजीत ४६ रन बनाएपनि जीत  दिलाउन सकिनन् । नितु भण्डारी र नेरीले २०–२० रन जोडे । सरस्वती कुमारी, आरती विडारी र शिला क्षेत्रीले १–१ विकेट लिए । 

 

ताजा खबर