मेयर कप: एपीएफ क्लब दोस्रो जीत हात पार्न सफल

२०७७ चैत २२ आइतबार २०:०६:०० मा प्रकाशित

काठमाडौं । ज्योती पाण्डेको अर्धशतकको सहयोगमा एपीएफ क्लबले ललितपुर मेयर महिला टि ट्वान्टी प्रतियोगितामा लगातार दोस्रो जीत हात पारेको छ । आईतबारको खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ३७ रनले पराजित गर्यो ।

कीर्तिपुरस्थित टियु मैदानमा टस जितेर ब्याटिङ गरेको एपीएफले २० ओभरमा २ विकेट गुमाएर १ सय २७ रन बनाएको थियो । उसका लागि ज्योतीले ५९ रनको पारी खेलिन् । ५० वलको सामना गरेकी ज्योतीले ७ चौका प्रहार गरेकी थिइन् । सीता राना मगरले १६, रन जोड्दा सरिता मगर ३५ रनामा अविजीत रहिन् । सुनिता लुहार र करिवा जोशीले १–१ विकेट लिए ।

जवाफमा सुदूरपश्चिम १९ ओभरमा ९० रनमा अल आउट भयो । आठ खेलाडीले दोहोरो रन छुन सकेनन् । सुनिताले सर्वाधिक २३, डली भट्टले १६ र रेवती धामीले १२ रन बनाए । सुदूरपश्चिमको पारी ध्वस्त बनाउने क्रममा बिनु बुढामगरले ३, सुमन बिस्ट र सिताले २–२ विकेट लिए । रेखा रावल र सुष्मा श्रेष्ठले एक एक विकेट बाँडे । सुदूरपश्चिमको दुइ खेलमा यो पहिलो हार हो ।

  

ताजा खबर