नेईमारले पाए रातो कार्ड

२०७७ चैत २२ आइतबार ११:२७:०० मा प्रकाशित

काठमाडौं । पेरिस सेन्ट जर्मेन पिएसजीका नेइमारले सिजनको दोस्रो रातो कार्ड पाएका छन् । फ्रेन्च लिग वान अन्र्गत गएराती भएको लिल विरुद्धको खेलमा नेइमारले रातो कार्ड पाएका हुन् । सो खेलमा लिलले पिएसजीलाइ उसकै मैदानमा एक शुन्य गोलले हराएको थियो ।

लिलले २० औं मिनेटमा जोनाथन डेविडको गोल मार्फत अग्रता लिएको थियो । सोही गोल उसलाइ शीर्ष स्थानमा फर्कन पर्याप्त भयो । ९० औं मिनेटमा नेइमार र लिलका टियागो जालो एक अर्का विरुद्ध उत्रिएपछि दुवैले दोहोरो पंहेलो कार्ड पाएका हुन् । लगातार चौथो  लिग उपाधी जित्ने लक्ष्यमा रहेको पिएसजी दोस्रो स्थानमा झरेको छ । उसको ३१ खेलबाट ६३ अंक छ । लिलको पिएसजी भन्दा तीन अंक बढी छ । पछिल्लो  पटक सन २०११–१२ मा लिग उपाधी जितेको लिल यो सिजन भने पिएसजीसँगै अघि बढीरहेको छ । 

पिएसजीले यो सिजन सवै प्रतिस्पर्धामा गरी दश खेलमा हार बेहोरिसकेको छ । अब उसले आगमी बुधकार च्याम्पियन्स लिगको क्वाटरफाइनलमा बायर्न म्युनिख संग खेल्नेछ । 

ताजा खबर