युभेन्टस र टोरिनोको दुइ दुइ गोलको बराबरी 

२०७७ चैत २२ आइतबार ११:२३:०० मा प्रकाशित

काठमाडौं । इटालियन लिग सिरी यामा साविक विजेता युभेन्टसले टोरिनोसँग दुइ दुइ गोलको बराबरी खेलेको छ । युभेन्टसलाई क्रिस्टियानो रोनाल्डोले हारबाट जोगाएका थिए । १३ औं मिनेटमा आन्द्रे पिर्लोको टिम युभेन्टसले फेड्रिको कियजाको गोल मार्फत अग्रता लियो । २७ औं मिनेटमा घरेलु टोलीले खेल बराबरी गर्यो । उसका लागि एन्टोनियो सानाब्रियाले गोल गरेका थिए ।

दोस्रो हाफ सुरु भएको १३ सकेन्डमानै सानाब्रियाले युभेन्टस विरुद्ध गोल गरेपछि टोरिनो दुइ एकले अघि रहेको थियो । तर खेल सकिन एघार मिनेट बांक्ी हुदा रोनाल्डोले गोल गर्दै युभेन्टसको हार टारे । रोनाल्डोको गोल सुरुवातमा अफसाइड भनिएको थियो । तर भारको रिभ्युबाट मान्यता पाएपछि युभेन्सले एक अंक पायो । जारी सिजन रोनाल्डोको यो क्लबका लागि ३० औं गोल हो । तालिकामा भने युभेन्टस शीर्ष स्थानको इन्टर मिलान भन्दा १२ अंकले पछि छ । चौथो स्थानमा रहेको युभेन्टसको २८ खेलबाट ५६ अंक छ ।

शीर्ष स्थानको मिलानको ६८ अंक छ ।

ताजा खबर