शाहरुख–दीपिका फेरी सँगै 

२०७४ मङ्सिर ८ शुक्रबार १६:३६:०० मा प्रकाशित

मुम्बई । फिल्म ओम शान्ति ओम, चेन्नई एक्सप्रेस र हयाप्पी न्यु इयर जस्तो हिट फिल्म दिइसकेको जोडि शाहरुख खान र दीपिका पादुकोण फेरी एकपटक संगै देखिने भएका छन् । अहिले फिल्म पद्मावतीबाट चर्चामा रहेकी दीपिका फरहान अख्तरको फिल्म  ‘डन–३’ मा शाहरुखसँग देखिन लागेकी हुन ।

फरहान अख्तरले  ‘डन–३’ बनाउने घोषणा पहिले नै गरिसकेका भएतापनि नायिकाको टुंगो भने लाग्न बाँकि थियो ।  पहिलेको  ‘डन २’ मा  शाहरुख खानको अभिनेत्रीको रुपमा प्रियंका चोपडा थिइन्। त्यसो त पहिला प्रियंका नै  ‘डन ३’ को रोजाई बनेकी थिइन तर  हलिउड फिल्म ‘क्वान्टिको ३’ को सुटिङमा व्यस्त भएको हुनाले उनको स्थानमा दीपिकालाई लिन लागिएको भारतीय संचार माध्यमले जनाएको छ ।

यता फिल्मको नायिका लागि दीपिकाको नाम  शाहरुखले नै सिफारिस गरेको भन्ने हल्ला पनि अहिले बलिउड नगरीमा चर्चाको विषय बनेको छ । एजेन्सी 

ताजा खबर