म्यानचेस्टर सिटीका प्रशिक्षक पेपले नबिर्सने सिजन 

२०७७ चैत २२ आइतबार ११:१७:०० मा प्रकाशित

काठमाडौं । म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिवालाले यो सिजन कहिल्यै नविर्सने बताएका छन् । गएराती लेस्टर सिटी माथि दुइ शून्यको जीत हात पार्दै प्रिमियर लिगको उपाधी नजिक पुगेपछि प्रशिक्षक ग्वार्डिवालाको यस्तो प्रतिकृया आएको हो ।

लेस्टरको मैदान किङ पावरमा भएको खेलको पहिलो हाफमा सिटी बराबरीमा रोकिएको थियो । ५८ औं मिनेटमा बेन्जामिन मेन्डीले गोलको खाता खोले । ७४ औं मिनेटमा गाब्रिएल जेसुसले गोल गरेपछि सिटीले लगातार नवौं अवे खेलमा जीत हात पार्यो । सिटीलाई साविक विजेता लिभरपुलबाट उपाधी खोस्न अब सात खेलबाट एघार अंक भए पुग्छ । प्रशिक्षक ग्वार्डिवालाले सवै प्रतिस्पर्धा मध्ये प्रिमियर लिग आफुलाई एकदमै मनपर्ने पनि बताए । उनले तालिकामा १७ अंकको फराकिलो अग्रता लिएपछि भने– हामी उपाधीबाट नजिक एकदमै नजिक छौं ।  

च्याम्पियन लिभरपुल हो । ट्रफी उनीहरुसँग छ । तर अब हामी लिभरपुलबाट उपाधी लिने यात्राको नजिक पुगेका छौं– ग्वार्डिवालको भनाइ छ ।  सिटीको ३१ ख्ोलबाट ७४ अंक छ । दोस्रो स्थानको म्यानचस्टर युनाइटेडको २९ खेलबाट ५७ अंक छ । लेस्टर ३० खेलबाट ५६ अंक जोड्दै तेस्रो स्थान छ ।  

लिभरपुलले आर्सनललाइ तीन एक गोलले हरायो  । जीतका बाबजुत लिभरपुलको उपाधी रक्ष ागर्ने अंक गणितिय समीकरण पनि सकिएको छ । योर्गेन क्लोपको टोलीले तीनै गोल दोस्रो हाफमा गरेको थियो । ६४ औं मिनेटमा डिएगो जोटाले गोल गरे । ६८ औं मिनेटमा मोहम्मद सालाहदे दोस्रो गोल गरे । ८२ औं मिनेटमा जोटाले ब्यक्रिगत दोस्रो गोल गरेपछि लिभरपुलले तीन  अंक जोड्यो । चेल्सि भने लिडस युनाइटेड संग ५–२ गोलले स्तब्ध भयो । चेल्सि चौथो र लिभरपुल पांचौ स्थानमा छ ।  

ताजा खबर