३४ वर्षदेखिको प्रतिक्षाको अन्त्य

२०७७ चैत २२ आइतबार ११:११:०० मा प्रकाशित

काठमाडौं । रियाल सोसिडाडले ३४ वर्षदेखिको प्रतिक्षाको अन्त्य गर्दै कोपा डेल रे को उपाधी जितेको छ । सोसिडाड फाइनलमा एथ्लेटिक बिल्बाओलाई एक शून्य गोलले पराजित गर्दै च्यामिपयन बनेको हो ।

सोसिडाडले जितेको यो उपाधी सन् २०१९–२० को सिजनको हो । कोरोना भाइरस महामारीका कारण स्थगित भएको फाइनल गएराती सेभिलमा खेलाइएको हो । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । प्रतिस्पर्धात्मक खेलको ६३ औं मिनेटमा पेनाल्ट गोल मार्फत सोडिडले खेलमा अग्रता बनाएको थियो । उसका लागि मिकेल ओजासाबाले गोल गरे । 

पोर्टुलाई डि बक्स क्षेत्रमा फाउल गरेपछि सोडिडकै पूर्व खेलाडी इनिगो मार्टिनेजलाई सुरुवातमा रातो कार्ड दिँदै मैदान बाहिर पठाइएको थियो । तर भिडियो एसिस्टेन्ट रेफ्रिको सहायतामा पछि रातो कार्ड पहेंलोमा परिवर्तन गरियो । पेनाल्टी प्रदान गर्ने क्रममा पाँच मिनेट भार रिभ्यु गरिएको थियो । सोसिडाडले पछिल्लो पटक १९८७ मा उपाधी जितेको थियो । 

बिल्बाओले यो सिजनको फाइनल खेल्दैछ । उसले १७ अप्रिलमा बार्सीलोना संग प्रतिस्पर्धा गर्नेछ । बिल्बाओले कोपा डेल रे नजितेको ३७ वर्ष भइसकेको छ । 


 
 
 
 
 
 
 

ताजा खबर