बलिउड अभिनेता अक्षय कुमारलाई काेराेना संक्रमण

२०७७ चैत २२ आइतबार ०९:५७:०० मा प्रकाशित

एजेन्सीः बलिउडका अभिनेता अक्षय कुमारलाई काेराेना संक्रमण पुष्टि भएकाे छ। आइतबार सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत उनले आफू काेराेना संक्रमित भएकाे जानकारी दिएका हुन्। 

हाल उनी हाेम क्वारेन्टिनमा रहेका छन् भने आवश्यक चिकित्सकीय सहायतासमेत लिइरहेकाे बताएका छन्। यस्तै उनले आफ्नाे सम्पर्कमा आएकाहरुलाई पनि काेराेना जाँच गराउन र आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्। 

अक्षय कुमारलाई आइतबार बिहान संक्रमण पुष्टि भएकाे हाे। 

ताजा खबर