सुरु भयो आहा रारा गोल्ड कप:  एपीएफ क्लब सेमिफाईनलमा

२०७७ चैत २१ शनिबार २०:५५:०० मा प्रकाशित

पोखरा । विभागीय टोली एपीएफ क्लब पोखरामा शनिबारबाट सुरु भएको आहा रारा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । पोखरा  रंगशालामा भएको खेलमा एपीएफले आयोजक साहारा क्लबलाई एक शून्य गोलले पराजित गरेको हो ।

खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । दुवै टिमले पाएका मौकाको सदुपयोग गर्न सकेनन् । खेल अतिरिक्त समयमा धकेलिने संकेत गर्दै गर्दा एपीएफले डेड लक तोड्यो । खेल सकिन तीन मिनेट बाँकी हुँदा आशिस लामाले गोल गरेका थिए । सोही गोल एपीएफलाई अन्तिम चारमा स्थान बनाउन निर्णायक बन्यो ।

घरेलु दर्शकको साथ पाएको सहाराको यात्रा भने पहिलो खेलमा नै टुंगियो ।

आहा रारा गोल्डकपको उद्घाटनमा राष्ट्रिय टिमका सदस्य अभिषेक रिजाललाई सम्मान गरिएको थियो । अभिषेक नेपालले गत सोमबार बंगलादेशलाई दुइ एक गोलले पराजित गर्दै थ्रि नेशन्स कपको उपाधी जित्दा सदस्य हुन् । उनलाई ३५ हजार नगद सहित सम्मान गरिएको हो । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले स्ट्राइकर अभिषेकलाई सम्मान गरेका थिए ।

सहारा क्लबले हरेक वर्ष आहा राराको उद्घाटनमा एकजना राष्ट्रिय खेलाडीलाई सम्मान गर्दै आएको छ । 

 

ताजा खबर