विजेता नेपाली फुटबलरलाई चार-चार लाख 

२०७७ चैत २० शुक्रबार २०:२०:०० मा प्रकाशित

काठमाडौं । थ्रि नेशन्स कपको विजेता नेपाली राष्ट्रिय फुटवल टिमलाई सरकारले जनही चार चार लाख पुरस्कार प्रदान गर्ने भएको छ । 
शुक्रबार बसेको मन्त्रीपरिषद बैठकले च्याम्पियन टोलीका सदस्यलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

 नेपालले गत सोमबार बंगलादेशलाई दुइ एक गोलले पराजित गर्दै उपाधी जितेको थियो । दशरथ रंगशालामा नेपालले ३७ वर्ष पछि उपाधी जितेको हो । नेपाल र बंगलादेश बीचको फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि रंगशाला पुगेका थिए । विजेता टोलीले पाँच हजार अमेरिकी डलर पुरस्कार पाएको थियो । 

अखिल नेपाल फुटवल संघ एन्फाले पनि जनही एक एक लाख पुरस्कार दिने घोषणा गरिसकेको छ । नेपाली टिम विश्वकप छनोट खेलको तयारीमा छ । सोही तयारीका लागि थ्रि नेशन्स कपको आयोजना गरिएको थियो । नेपाल सहित बंगलादेश र किर्गिस्तान अन्डर ट्वान्टी थ्रि टिम सहभागी भएका थिए । विश्वकप छनोटमा नेपालले अस्ट्रेलिया, जोर्डन, चाइनिज ताइपेइसँग प्रतिस्पर्धा गर्दैछ । 

ताजा खबर