विवादका कारण  ‘पद्मावती’ फिल्मको प्रर्दशनमा रोक

२०७४ मङ्सिर ८ शुक्रबार १४:३६:०० मा प्रकाशित

मुम्बई । संजयलिला भंसाली निर्देशित फिल्म ‘पद्मावती’ भारतीय सेन्सर बोर्डले हेर्न नमानेपछि प्रर्दशनको मिती सरेको छ । डिसेम्बर १ मा प्रर्दशनमा आउने भनिएको फिल्म  विवाद कारणले  प्रर्दशनको मिति पर सरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । 
फिल्म निर्माणको सुरु देखि नै विवादमा थियो ।  फिल्मले राजपुतनको ऐतिहासिक कथा विपरीत चलचित्र निर्माण गरेको भनेर आरोप खेप्दै आएको छ । 

दीपिका पादुकोण, साहिद कपूर, रणविर सिहं लगायतका कलाकार मुख्य भूमिकामा रहेको फिल्म धेरै दर्शकको पर्खाइको फिल्म पनि हो । एजेन्सी  

ताजा खबर