विश्वकप छनोट: २० वर्षपछि हार्यो जर्मनी

२०७७ चैत १९ बिहीबार ११:१९:०० मा प्रकाशित

काठमाडौं । जर्मनीले २० वर्षपछि विश्वकप छनोटमा हार बेहोरेको छ । गएराती भएको  खेलमा  चारपटकको विश्वकप विजेता जर्मनी, नर्थ मासिडोनियासँग स्तब्ध भएको हो । 

मासिडोनियाले जर्मनीलाई उसकै मैदानमा दुइ एक गोलले पराजित गर्यो । सुरुबाट नै वल पोसेसनमा पकड जमाएपछि जर्मनीले पहिलो हाफमै गोल खायो । इन्जुरी समयमा गारेन पान्डेभले मासिडोनियालाई अग्रता दिलाएका थिए । ६३ औं मिनेटमा इल्काइ गुन्डवाले पेनाल्टिमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

 लियोरी सानेलाई फाउल गरेपछि जर्मनीले पेनाल्टि पाएको थियो । तर ६५ औं वरियतामा रहेको मासिडोनियाले खेल सकिन ५ मिनेट बाँकी हुँदा गोल गरेर जीत हात पार्यो । उसका लागि ८५ औं मिनेटमा एलजिफ एल्मासले गोल गरेपछि जर्मनी जारी छनोट खेलमा पहिलो हार बेहोर्न बाध्य भयो  ।

 योसँगै जर्मनीको ३५ खेल यताको अपराजित यात्रामा पनि पुर्ण विराम लाग्यो । पछिल्लो पटक उसले सन २००१ म इङल्यान्डसँग ५–१ को हार बेहोरेको थियो । जर्मनीका प्रशिक्षक प्रशिक्षक योचिम लोले एकदमै निराशाजनक प्रदर्शन भएको प्रतिकृया दिए । 

जर्मनीले यो खेल अघि छनोटसम्म लगातार १७ खेल जितेको थियो । समूह जे मा रहेको जर्मनी तीन खेलबाट ६ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ । रोमानियालाई तीन दुइ गोलले हराएको अर्मेनिया नौ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । 

६ अंक बटुलेको मासिडोनिया दोस्रो स्थानमा छ । 
 

ताजा खबर