बुढीगण्डकी प्राधिकरणले बनाउने

२०७४ मङ्सिर ८ शुक्रबार १४:३२:०० मा प्रकाशित

काठमाडौं,८ मंसीर । बुढीगण्डकी जलासययुक्त आयोजना सरकारले नै निर्माण गर्ने भएको छ ।

 मन्त्रिपरिषद बैठकले शुक्रबार बुढीगण्डकी आयोजना नेपाल विद्युत प्राधिकरणलाई बनाउन दिने निर्णय गरेपछि यसबारे अन्योल पनि हटेको छ ।
सरकारले चिनियाँ कम्पनीबाट यो आयोजना फिर्ता लिएर स्वदेशी लगानीमा नै निर्माण गर्ने निर्णय गरेको जनाएको छ।

मन्त्रिपरिषद बैठकपछि ऊर्जा मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री कमल थापाले १२ सय मेगावाटको बुढीगण्डकी आयोजना स्वदेशी पुँजी मै निर्माण गर्ने निर्णय भएको बताएका छन् ।

ताजा खबर