रोनाल्डोको टोली पोर्चुगल विश्वकप छनोटमा अपराजित यात्रा 

२०७७ चैत १८ बुधबार ११:५९:०० मा प्रकाशित

काठमाडौं । क्रिस्टियानो रोनाल्डोको टोली पोर्चुगलले विश्वकप छनोटमा आफ्नो अपराजित यात्रा कायमै राखेको छ । गएराती भएको आफ्नो तेस्रो खेलमा पोर्चुगलले लक्जेमबर्ग माथि तीन एक गोलको पुनरागमन जीत हात पारेको हो । 

अघिल्लो खेलमा रिपब्लिक अफ आयरल्यान्डलाई पराजित गरेको लक्जेमबर्गले ३० औ  मिनेटमा युरोपियन च्याम्पियन विरुद्ध अग्रता लिएको थियो । तर उसले आफ्नो अग्रता लामो समय जोगाउन सकेन । पहिलो हाफको इन्जुरी समयमा पोर्चुगलले डिएगो जोटाको गोल मार्फत खेल बराबरी गरयो । ५० औं मिनेटमा रोनाल्डोले टिमलाई दुइ एकले अघि बढाए । ८० औं मिनेटमा जोआवो पाहिन्नाले गोल गरे र खेल पोर्चुगलले तीन एकले आफ्नो पक्षमा पार्यो । 

पोर्चुगलले आफ्नो अघिल्लो खेलमा सर्वियासँग दुइ दुइ गोलको बराबरी खेलेको थियो । सो खेलमा रोनाल्डोको गोल गोल लाइन भित्र भएपनि रेफ्रिले मान्यता नदिएपछि विवादास्पद बनेको थियो । ८६ अँैं मिनेटमा म्याक्सि चानोट दोहोरो पहेंलो कार्ड खाँदै मैदान बाहिरिएपछि लक्जेमबर्ग दश खेलाडीमा झरेको थियो । पोर्चुगल सात अंकका साथ समुह ए को दोस्रो स्थानमा छ । शीर्ष स्थानमा सर्विया छ । सर्वियाले अजरबैजानलाई दुइ एकले हरायो । 

ताजा खबर