बेलारुसमाथि बेल्जियमलको गोलको वर्षा 

२०७७ चैत १८ बुधबार ११:५३:०० मा प्रकाशित

काठमाडौं । विश्वकप छनोट खेलमा बेल्जियमले बेलारुस माथि गोलको वर्षा गरेको छ । गएराती घरेलु मैदानमा भएको खेलमा बेल्जियमले बेलारुसलाई ८–० गोलले पराजित गरेको हो । उसले पहिलो हापमmा चार र दोस्रो हाफमा चार गोल गरेका थिए । लियान्द्रो त्रोर्साद र डेनिस प्रँतले राष्ट्रिय टिमबाट पहिलो गोल गरे ।

 १४ औं मिनेटमा मिसी बट्सुवाइको गोल मार्फत बेल्जियमले खाता खोलेको थियो । १७ औं मिनेटमा हान्ज भनाकेनले अग्रता दोब्बर पारे । ३८ औं मिनेटमा त्रोसार्दले राष्ट्रिय टिमबाट डेब्यु गोल गरे । ४२ औं मिनेटमा जेरेमी डोकुको गोलपछि बेल्जियम पहिलो हाफमा चार शून्यले अघि रह्यो । दोस्रो हाफमा पनि बेल्ज्यिमले आफ्नो दवदवा कायमै राख्यो । ४९ औं मिनेटमा डेनिस प्रातले टिमको तर्फबाट पाँचौ गोल गरे । ७० औं मिनेटमा क्रिस्टियन बेनटेक, ७५ औं मिनेटमा त्रोसार्द र ८९ औं मिनेटमा भानकनले गोल गरेपछि रोबर्टो मार्टिनेजको टोलीले प्रभावशाली जीत दर्ता गर्यो । उनले मुख्य खेलाडी केभिन डि ब्रुयना र रोमेलु लुकाकुलाई बेन्चमा राखेका थिए ।

खेलको सुरुवातमा बेल्जियम खेलाडीले पछि कतार विश्वकपको पूर्वाधारमा संलग्न श्रमिकहरुमाथि भइरहेको मानव अधिकार उलङघनको विरुद्ध आवाज उठाएका थिए । खेलाडीले फुटवल सपोर्टस चेन्ज भन्ने  लेखिएको टि सर्ट लगाएका थिए । बेल्जियमले छनोटका तीन खेलमा १२ गोल गरिसकेको छ । 

समुह इ को शीर्ष स्थामा रहेको उसको सात अंक छ ।  यसै समुहको वेल्सले चेक रिपब्लिकलाइ एक शून्य गोलले हरायो । 

ताजा खबर