राष्ट्रिय टिमका खेलाडीलाई थप एक एक लाख

२०७७ चैत १८ बुधबार ११:२५:०० मा प्रकाशित

काठमाडौं । घरेलु मैदानमा भएको थ्रि नेशन्स कप जितेको नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीलाई अखिल नेपाल फुटवल संघ एन्फाले जनकी एक लाख थप पुरस्कार दिने भएको  छ ।

एन्फाले मंगलबार विज्ञप्ति जारी गर्दै पुरस्कार थप गरिएको जानकारी दिएको थियो । नेपालले उपाधीसँगै पाँच हजार अमेरिकी डलर पुरस्कार पाएको थियो । त्यसमा एन्फाले हरेक खेलाडीका लागि एक एक लाख थप्ने निर्णय गरेको हो । सोमबार दशरथ रंगशालामा  भएको फाइनलमा नेपालले बंगलादेशलाई दुइ एक गोलले पराजित गर्दै उपाधी जितेको थियो । 

नेपालले घरेलु मैदानमा ३७ वर्षपछि उपाधी उचालेको हो । यसअघि सन् १९८४ मा काठमाडौंमा भएको दक्षिण एशियाली खेलकुदमा नेपालले फुटवल तर्फ स्वर्ण जितेको थियो । किरण चेम्जोङले पनि कप्तानका रुपमा घरेलु मैदानमा पहिलो उपाधी हात पारेका हुन् । नेपालका लागि संजोग राई र विशाल राईले गोल गरेका थिए । 

संजोगको त्यो राष्ट्रिय टिमबाट डेब्यु खेल थियो । खेलाडीको हौसला बढाउन प्रधानमन्त्री केपी शर्मा स्वयम रंगशालामा उपस्थित भएका थिए । यहि खेल मार्फत पूर्व कप्तान विराज महर्जने राष्ट्रिय टिमबाट सन्याश को घोषणा गरे । 

ताजा खबर