थ्रि नेशन्स कप: उपाधी हात पार्न नेपाल र बंगलादेश भिड्ने

२०७७ चैत १५ आइतबार २०:४७:०० मा प्रकाशित

काठमाडौं । थ्रि नेशन्स कपको उपाधीका लागि नेपालले भोली बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । बंगलादेश शीर्ष र नेपाल दोस्रो स्थानमा रहँदै फाइनल पुगेका हुन् । आईतबार भएको प्रिम्याच कन्फरेन्समा नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जनले भोली बंगलादेश विरुद्ध उत्रँदा गोलको खडेरी तोड्ने लक्ष्य रहेको प्रतिकृया दिएका छन् ।

नेपालले अघिल्ला दइ खेलमा गोल गर्न सकेको थिएन । किर्गिस्तानको अण्डर ट्वान्टी थ्रिसँग गोल रहित बराबरी खेलेको नेपालले बंगलादेशसँग पनि सोही नतिजालाई निरन्तरता दिएपछि महर्जनको आलोचना भएको थियो । सोचे अनुसारको खेल खेलेपनि स्कोर गर्न नसकरिहेको उनको भनाइ थियो ।

भोलीको खेलमा स्कोर गर्दै खेल जित्नेमा आशाबादी रहेको महर्जनले बताए । पछिल्ला दुइ खेलका कारण खेलाडीको मनोवल बढेको पनि उनाले प्रस्ट पारे । कप्तान किरण चेम्जोङले पनि गोल नै आफुहरुको मुख्य योजना रहेको धारणा राखे । आफ्ना खेलाडीको प्रदर्शनमा भने सन्तुष्ट रहेको उनको भनाइ थियो । उनले भने– ६ वर्ष पछि घरेलु मैदानमा समर्थक बीच फाइनल जित्न चाहन्छु । किरणले समर्थक आफ्ना लागि अतिरिक्त उर्जा भएको पनि जनाए ।

बंगलादेशका प्रशिक्षक जेमी डेले प्रतियोगिता सुरु हुनु अघिसम्म आफ्नो टोलीको लक्ष्य उपाधी नभएको उल्लेख गरे । तर फाइनल पुगेपछि जित्न चाहन्छन् उनी । उनी भन्छन्, उपाधीको वलियो दावेदार नेपाल भएको भन्दै उपाधी जिते खुशी हुने नजिते पनि आफ्ना नयाँ खेलाडीले अनुभव बटुल्नेछन् । कप्तान जमाल भुंयाले समर्थकका बीच खेल्न उत्साहित रहेको प्रतिकृया दिए ।

बंगलादेशले पनि जारी प्रतियोगितामा गोल गरेको छैन । किर्गिस्तानलाई एक शून्यले हराउँदा आत्मघाती गोल उपहार पाएको थियो । बंगलादेशले यो प्रतियोगितालाई साफ च्च्याम्पियनसिपको तयारीमा लिएको छ । 

नेपाल विश्वकप छनोटको तयारीमा छ । नेपाली टोलीका डिफेन्डर विराज महर्जनले यहि प्रतियोगिताबाट सन्याशा लिने बताइएको छ । त्यसैले उनका लागि पनि नेपाल यो खेल जित्न चाहन्छ ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुनेछ ।

ताजा खबर